बागलुङमा ट्र्याक्टरको ठक्करबाट बालकको मृत्यु
शनिबार, १३ फागुन २०७९, २० : ३०
बागलुङ । बागलुङको ढोरपाटनमा ट्र्याक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ । ढोरपाटन नगरपालिका–६ चामिद्वारमा ध१त ५११ नंको ट्र्याक्टरले ठक्कर दिँदा आज साँझ सोही गाउँका १३ वर्षका लक्ष्मण विकको घटनास्थलमै मृत्यु भएको हो ।
बालकलाई ठक्कर दिने ट्र्याक्टर र चालक कसम पुनमगरलाई इलाका प्रहरी कार्यालय बुर्तिबाङले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक राजाराम खड्काले जानकारी दिए ।
चामिद्वारमा बालुवा झारेर बुर्तिबाङ फर्किँदै गरेको ट्र्याक्टरले विकलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । बालक भने बारीमा मल फालेर घर फर्कँदै गरेको खड्काले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय अमेरिकी संगीतकार चन्द्रिका टन्डनले जितिन् ग्रामी अवार्ड
-
जापानमा नेपाल एयरलाइन्सको जहाज बिग्रियो, ममर्तबारे छलफलमा निगम
-
निकासी पैठारी सम्बन्धी विधेयक प्रतिनिधिसभामा दर्ता
-
मेरी आमाको दुर्घटना र मेरो जन्म
-
बढुवा भएका ३७ एसपीहरूको पदस्थापन, को–कहाँ ? (सूचीसहित)
-
गण्डकी प्रदेशमा मङ्गलवार सार्वजनिक बिदा