रास्वपाले राष्ट्रपति निर्वाचनमा पौडेल र नेम्वाङ दुबै उम्मेदवारलाई समर्थन गर्दैनः श्रेष्ठ
शनिबार, १३ फागुन २०७९, १९ : ५०

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले राष्ट्रपति निर्वाचनमा दुबै उम्मेदवारलाई समर्थन नगर्ने बताएका छन् ।
शनिबार राष्ट्रपतिमा आठ दलको तर्फबाट कांग्रेस नेता रामचन्द्र पौडेल तथा एमालेको तर्फबाट सुवासचन्द्र नेम्वाङले उम्मेदवारी दर्ता गराएकामा श्रेष्ठले पार्टीले दुबै उम्मेदवारलाई समर्थन नगर्ने बताएका हुन् । उनले दलहरु पदीय स्वार्थमा लागेको पनि आरोप लगाए ।
‘आठ दलीय १२ दलीय जति दलीय होस् । देशको मुलभूत विषयमा राष्ट्रिय सहमति हुन सकेको छैन’, उनले भने, ‘तर पदका लागिमात्रै अहिले सहमति भएको हो ।’
उनले पछिल्लो राजनीतिक घटनाक्रमले आफ्नो पार्टीले सरकार छाडेको औचित्य पुष्टि भएको पनि दाबी गरे । अहिलेसम्म आफ्नो पार्टी कसैलाई पनि समर्थन गर्ने पक्षमा नरहेको उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सशस्त्रका एआईजी सीपी गौतम सेवा निवृत्त
-
एमालेभित्र विवादः विनोद ढकाललाई पर्शुराम बस्नेतले 'अवैधानिक' भनेपछि...
-
शिक्षक आन्दोलन असर : केन्द्राध्यक्ष गोष्ठी रोक्न राष्ट्रिय परीक्षा बोर्डले पठायो पत्र
-
२५ करोड प्रकरण : ट्रक चालक र मालिक नारायण पौडेलविरुद्ध मुद्दा दायर
-
भाटभटेनीबाट फलफूल चोरेर भागेका ८ जना हाजिरी जमानीमा छुटे
-
तत्कालीन प्रदेश सचिव अधिकारीलाई सफाइ दिने विशेषको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन