पहिलो पटक लोक तथा दोहोरी गीत प्रतिष्ठानको नेतृत्वमा महिला निर्वाचित, को–को भए निर्विरोध ? (सूचीसहित)
शनिबार, १३ फागुन २०७९, १९ : ३३
काठमाडौँ । राष्ट्रिय लोक तथा दोहारी गीत प्रतिष्ठान नेपालले पहिलो पटक महिला नेतृत्व पाएको छ । धादिङमा भएको प्रतिष्ठानको महाधिवेशनबाट रिता थापा मगर अध्यक्षमा निर्विरोध निर्वाचित भएकी हुन् ।
यस्तै वरिष्ठ उपाध्यक्षमा पशुपति शर्मा, प्रथम उपाध्यक्षमा रामजी खाँण, उपाध्यक्षहरुमासुवास केसी, दीपक खड्का, राधिका हमाल निर्विरोध भएका छन् ।
यस्तै महासचिवमा शिव हमाल निर्विरोध हुँदा उपमहासचिव, कोषाध्यक्षलगायतका ३८ पदमा उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । अन्य पदमा भने निर्वाचन जारी रहेको निर्वाचन समितिले जनाएको छ ।
प्रतिष्ठानमा कुल ७५ पदमा निर्वाचन भएकामा ३८ पदमा उम्मेदवार निर्विरोध भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणमा आउँदैछन् माल्दिभ्सका राष्ट्रपति
-
टी–२० महिला विश्वकपमा आज : चिर प्रतिद्वन्द्वी भारत र पाकिस्तान आमने–सामने
-
‘ज्वाइँ साब’को फुटेज टिकटकमा लिक भएकोप्रति निती शाह–जे हुन्छ राम्रैको लागि हुन्छ
-
टाँडीका डीएसपी तानिए, रञ्जन अवालाई जिम्मेवारी
-
सेयर बजारमा नयाँ टीएमएस सञ्चालनमा, कारोबार प्रणालीमा नेप्सेको एकाधिकार हट्यो
-
१८ मध्ये १८ : पेनाल्टी पर्फेक्ट रोनाल्डो