मकवानपुरबाट लागुऔषध र हातहतियारसहित ५ जना पक्राउ

हेटौँडा । प्रहरीले मकवानपुरबाट विभिन्न हातहतियार तथा लागूऔषधसहित ५ जनालाई पक्राउ गरेको छ । शुक्रबार राती प्रहरीले १३ केजी चरेश, १५ सय केजी गाँजा र विभिन्न हातहतियारसहित ५ जनालाई पक्राउ गरेको हो । जिल्लाको कैलाश गाउँपालिका–६ दुम्सीखर्कबाट कटुवा पेस्तोल १ थान, सोही पेस्तोलको गोली ६ राउण्ड, भरुवा बन्दुक १ थान, गाँजा १ हजार ५ सय १५ केजी र चरेश १३ केजीसहित ५ जनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । पक्राउ पर्नेहरूमा कैलाश गाउँपालिका–६ दुम्सीखर्क बस्ने ७६ वर्षीय जितबहादुर मोक्तान, २८ वर्षीय विजय मोक्तान, ४० वर्षीय रत्न घले, २२ वर्षीय अशोक घले र २२ वर्षीय शिखर घले रहेका छन् ।
जितबहादुरको घर र गोठ खनतलासी गर्दा हातहतियार र लागूऔषध फेला परेको प्रहरीले जनाएको छ । पक्राउ परेका ५ जना र बरामद लागुऔषधका बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीरगन्ज महानगरपालिका क्षेत्रमा सेना परिचालन
-
तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास
-
कलाकार वत्सगोपाल, जो तन्त्रका विम्बसँग खेलिबस्छन्
-
मकालुमा लेक लागेर चिकित्सकको मृत्यु
-
रचनात्मक पत्रकारिता काउन्सिलको प्राथमिकतामा : अध्यक्ष बस्नेत
-
यस्तो देखियो ‘नरसिंहाः अवतार’ मा नीति शाहको लुक्स