‘राष्ट्रपति निर्वाचनपछि पनि प्रचण्ड निरन्तर प्रधानमन्त्री’

काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति तथा सांसद धनराज गुरुङले राष्ट्रपति निर्वाचन पछि पनि प्रधानमन्त्रीमा पुष्पकमल दाहाल प्रचण्डको निरन्तरता हुने बताएका छन् ।
शुक्रवार नयाँ बानेश्वरस्थित संसद् भवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले राष्ट्रपतिको निर्वाचनपछि पनि प्रधानमन्त्री पुष्पकमल दाहाल नै रहने बताएका हुन् । प्रधानमन्त्रीमा दाहालकै निरन्तरता हुनुले सरकार अस्थिर भन्न नमिल्ने उनको भनाइ थियो ।
उनले भने, ‘२५ गते पछि पनि प्रचण्डजी नै प्रधानमन्त्री रहिरहनुहुन्छ । त्यसो भएपति अस्थिर कसले भन्ने ? प्रचण्डजी नै निरन्तर प्रधानमन्त्री हो । धेरै पहिलादेखि भनेको थिएँ, र अहिले पनि भनिराखेको छु, निरन्तर प्रधानमन्त्री उहाँ नै हो ।’
नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले राष्ट्रपतिको रूपमा संविधानको रक्षा गर्ने उपयुक्त पात्र रामचन्द्र पौडेल भएको बताए ।
उनले भने, ‘उम्मेदवारको रूपमा रामचन्द्रजी जत्तिको व्यक्ति जो धेरै सिनियर, खारिएको र प्रत्येक आन्दोलनमा उहाँको भूमिका अत्यन्त महत्त्वपूर्ण र त्यसमा पनि अहिले जुन संविधान छ, त्यसलाई रक्षा गर्ने उपयुक्त पात्रको रूपमा हामीहरूले लिएका छौँ । र मलाई विश्वास छ, उहाँको जित सुनिश्चित छ भने पनि हुन्छ । सरकारमा एमालेले के गर्छ ? अहिले त छोडेको छैन एमालेले । एमाले सरकारमा हुँदाहुँदै हामी कसरी सरकारमा जाने ? सरकार त पुरै छ नि त । त्यसै जाने भनेर त जाने होइन नि सरकारमा ।’
त्यस्तै जनता समाजवादी पार्टी, नेपालका नेता प्रकाश अधिकारीले राष्ट्रपतिको निर्वाचन पछि जसपा सरकारमा जाने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन दिनभित्र शिक्षकका जायज माग पूरा गरी विद्यालय फर्काउने वातावरण सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
लोकतन्त्र दिवस विशेष: गणतन्त्रले नेपालीलाई के दियो ?
-
चलचित्र ‘जार’ काे गीत ‘ए ठूली’ मा लाहुरेको प्रेमकथा
-
बढुवा भएका ७५ जना प्रहरी वरिष्ठ नायव निरीक्षकहरुको पदस्थापन
-
रुकुम पूर्व केन्द्रविन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प
-
शिक्षा विधेयक कार्यान्वयनमा माओवादीको आशंका, बर्खे अधिवेशनमा कस्तो छ तयारी ?