शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय

राष्ट्रपतिमा सुवास नेम्वाङको प्रस्तावक र समर्थक ५–५ जना

शनिबार, १३ फागुन २०७९, १३ : २१
शनिबार, १३ फागुन २०७९

काठमाडौँ । राष्ट्रपति पदमा नेकपा एमालेको तर्फबाट उम्मदवार बनेका सुवासचन्द्र नेम्बाङले उम्मेदवारी दर्ता गराएका छन् । 

उनको प्रस्तावक र समर्थकमा ५–५ जना रहेका छन् ।  प्रस्तावकमा केपी शर्मा ओली, पृथ्वीसुब्बा गुरुङ, गोकर्णराज विष्ट, रघुबीर महासेठ र छविलाल विक  रहेका छन् । 

यस्तै समर्थकमा योगेश भट्टराई, टोपबहादुर रायमाझी, जुलीकुमारी महतो महासेठ, दिलकुमारी रावल थापा र अमन कुमार मास्के रहेका छन् ।

नेम्वाङले नयाँ बानेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । 

एमालेले कांग्रेसबाहेकका सबै दललाई राष्ट्रपतिमा सघाउन पत्राचार गर्ने निर्णय पनि गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप