पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले भने – मन्त्रीहरूले तलब बिना काम गर्नु, २०० अर्ब बचत हुनेछ

आर्थिक सङ्कटबाट गुज्रिरहेको पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफले आफ्ना मन्त्री र सल्लाहकारलाई तलब र अन्य सुविधा नलिन अपिल गरेका छन् । यसबाट देशको खजानामा वार्षिक दुई सय अर्ब बचत हुने उनले बताए ।
योसँगै उनले नेताहरूलाई विलासी कारमा यात्रा नगर्न पनि आग्रह गरेका छन् । उनले सरकारको खर्च कम गर्ने उद्देश्यले मन्त्रीहरूलाई इकोनोमी क्लासमा हवाई यात्रा गर्न आग्रह गरेका छन् ।
पाकिस्तान सरकारले हाल अन्तर्राष्ट्रिय मुद्रा कोषबाट रोकिएको सहायताको किस्ता प्राप्त गर्ने प्रयास गरिरहेको छ ।
austerity measures that begin with the cabinet members voluntarily surrendering their pays, perks & privileges will save the exchequer an amount of Rs. 200 billion annually. I am grateful to all coalition partners for their support. Will personally supervise the implementation https://t.co/JlzjFZAUJ9
— Shehbaz Sharif (@CMShehbaz) February 23, 2023
आईएमएफसँगको वार्ता सकिएपछि उसले एक अर्ब डलरको प्याकेज पाउन सक्छ । यसैबीच सरकारले मुलुकलाई आर्थिक सङ्कटबाट जोगाउन खर्च घटाउने प्रयास गरिरहेको छ ।
एकातिर पाकिस्तानको विदेशी मुद्रा सञ्चित घटेको छ भने मुलुकको मुद्रास्फीति ३५ प्रतिशतभन्दा माथि पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षकहरूले आन्दोलन नरोकेपछि के भनिन् शिक्षामन्त्रीले ?
-
बागमतीका मेयर थापाविरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ जारी
-
२० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
-
इयुको अदालतमा उपप्रमुख डङ्गोल
-
उपप्रधानमन्त्री सिंहद्वारा लोहन्द्र पुल उद्घाटन
-
एमालेले बिन्दा र उषाकिरणलाई निलम्बनको निर्णय गर्यो, तर पत्र दिएन