रामचन्द्र पौडेललाई सबैको सहयोग रहन्छ, विजय निश्चित छ: सिटौला
काठमाडौँ । कांग्रेस नेता कृष्ण प्रसाद सिटौलाले राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलको विजय सुनिश्चित रहेको बताएका छन् । पौडेललाई उम्मेदवार बनाउन पार्टीले सर्वसम्मत निर्णय गरेको बताउँदै सिटौलाले पार्टीभित्र र बाहिरबाट कांग्रेसको उम्मेदवारलाई ऐतिहासिक साथ रहने प्रतिक्रिया दिए ।
उनले राष्ट्रपति उम्मेदवारको रूपमा आफ्नो नाम आउनु स्वाभाविकै भएपनि अन्तिममा पार्टीले पौडेललाई बनाउने निर्णय गरेको बताए ।
‘सर्वसम्मत रूपमा उम्मेदवारमा सहमति जुटेको हो । मेरो पनि चर्चा थियो र चर्चा हुनु स्वाभाविक हो’, सिटौलाले केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग भने, ‘तर हामीले उहाँलाई सर्वसम्मत रूपमा उम्मेदवार चयन गर्ने निर्णय गर्यौँ ।’ अब पौडेललाई तपाईँको सहयोग रहन्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले, ‘सबैको सहयोग रहन्छ । भित्र बाहिर जति छन् सबैको सहयोग रहन्छ । विजय निश्चित छ । निर्वाचन हो सबैलाई ल्याउने र ऐतिहासिक नतिजा ल्याउने हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधन गरी सङ्घीय र प्रदेश मन्त्रालय र सांसदको सङ्ख्या घटाउनुपर्छ : एनपी साउद
-
गभर्नर नियुक्ति प्रकरण : २० वर्ष अघिको सकस दोहोरिँदै
-
गभर्नर विवादसम्बन्धी रिट न्यायाधीशद्वय शर्मा र पाण्डेयको इजलासमा
-
कोशी राजमार्गको भोटखोला खण्ड अवरुद्ध
-
शिक्षकले विद्यार्थीको भविष्य बिगार्न हुँदैन
-
संविधान संशोधन गरी मन्त्रालय र सांसदको सङ्ख्या घटाउनुपर्छ : एनपी साउद