गठबन्धन ब्युँत्याएर मात्र सानेपा प्रवेश गरे देउवा
शनिबार, १३ फागुन २०७९, ०९ : २८

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पुस १० पछि पहिलो पटक पार्टी कार्यालय सानेपा पुगेका छन् । तत्कालीन पाँच दलीय सत्ता गठबन्धन भत्किएपछि पार्टी कार्यालय नगएका उनी आठ दलीय गठबन्धन बनेपछि मात्र सानेपा यात्रा तय गरेका हुन् ।
कांग्रेसले पुस २२, २८ र माघ १५ गते सानेपामा केन्द्रीय कार्यसमिति बैठक बोलाइएको थियो । पुरानो गठबन्धन ब्युँताउने कसरतमा रहेका देउवाले सो बैठक स्थगित गरेका थिए ।
योबीचमा देउवाले कार्यसम्पादन र पदाधिकारी बैठक धुम्बाराहीमा राख्दै आएका थिए । पुरानो गठबन्धन ब्युँताउने सहमति र राष्ट्रपतिमा आठ दलको समर्थन पाएपछि कांग्रेस कार्यसम्पादन समिति बैठक सानेपामा बसेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजा फर्काउन गठित समितिका सदस्यहरू को कस्ता ?
-
काभ्रेको गोरखनाथ वनमा लागेको डढेलो नियन्त्रण बाहिर
-
मकवानपुर क्याम्पसको मतगणना केही बेरमा हुने
-
संघीयतापछि शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा उपलब्धि प्राप्त भएको छ: मन्त्री थापा
-
तनहुँमा ६ आधारभूत स्वास्थ्य केन्द्र निर्माणका लागि बजेट
-
निर्मल क्याम्पसको स्ववियु सभापतिमा भण्डारी निर्वाचित