राप्रपाको आकस्मिक बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सुरु
शनिबार, १३ फागुन २०७९, ०९ : २१
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को आकस्मिक बैठक सुरु भएको छ । पार्टी कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त एवं आकस्मिक बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सुरु भएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने बैठकमा राष्ट्रपतिको निर्वाचनका लागि नयाँ समीकरण बनेसँगै राप्रपा सरकारमा रहने या नरहने भन्नेबारे निर्णय लिइने बताइएको छ ।
स्रोतका अनुसार राप्रपा सरकारबाट बाहिरिने सम्भावना बलियो छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्गा प्रसाईँ वीर अस्पतालमा भर्ना
-
प्रहरीका २२९ जना वरिष्ठ हवलदार असईमा बढुवा सिफारिस (सूचीसहित)
-
भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
-
दुर्गा प्रसाईँलाई वीर अस्पताल लगियो
-
सर्वसाधारण भन्छन्– धरहराको शुल्क बढी भयो
-
मिनी संसद्को दुःख : एकातिर विधेयकको थुप्रो, अर्कातिर कोरम नपुगेर बैठक बस्नै समस्या