एभरेष्ट बैंकद्वारा सामाजिक उत्तरदायित्व अन्तर्गत ललितपुरमा सोलार बस स्टयान्ड निर्माण
ललितपुर । एभरेष्ट बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, संस्कृति प्रवद्र्धन, दुर्गम क्षेत्रमा पूर्वाधार सुधार, सामाजिक रूपले पिछडिएका वर्गको आय आर्जन, वित्तीय साक्षरता, ग्राहक संरक्षण सम्बन्धी कार्यक्रम तथा विभिन्न परोपकारी कार्य गर्दै आइरहेको छ ।
यसै सन्दर्भमा बैंकले एक कार्यक्रमका बीच संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ललितपुर महानगरपालिका वडा नं. ३ को टौखेलमा सो वडा संगको संयुक्त साझेदारीमा निर्मित सोलार बस स्टयान्डको उद्घाटन गरेको छ । सो सोलार बस स्टयान्डको उदघाटन ललितपुर महानगरपालिका वडा नं. ३ का वडा अध्यक्ष सानु राज घिमिरे र एभरेष्ट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विजय कुमार शर्माले संयुक्त रुपमा गरेका छन् ।
सो कार्यक्रममा बैंकका नायब महाप्रबन्धक गौरव कुमारका साथै बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्प राज उप्रेती, बैंकका टौखेल शाखाका शाखा प्रबन्धक प्रितम कमचार्य लगायत अन्य विशिष्ट व्याक्तिहरुको उपस्थिति रहेको थियो ।
सो उद्घाटन समारोहमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विजय कुमार शर्माले नवनिर्मित सोलार बस स्टयान्डले ललितपुर महानगरपालिका वडा नं. ३ टौखलका स्थानीय बासन्दालाई थप सहज हुनुका साथै टौखेल क्षेत्रलाई स्मार्ट सिटीको रुपमा विकसित गर्न उक्त बस स्टयान्डले थप मद्दत गर्ने कुराको विश्वास व्यक्त गरे ।
पंजाब नेशनल बैंक भारत संग संयुक्त साझेदार रहेको तथा स्थापना काल देखि नै ग्राहकहरूको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १३ लाख भन्दा बढी सन्तुष्ट ग्राहकहरू रहेका छन् तथा देशैभरी छरिएर रहेको आफ्नो १२४ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १६० एटीएम सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेटर बैकिंग सुविधा प्रदान गर्दै आइरहेको छ। यस बैंकले नेपाल सरकारको राजस्व सङ्कलनको लागि ३२ वटा सङ्कलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यार्थी घटेपछि बागलुङका १० विद्यालय बन्द
-
डीडीसी सुधारका लागि सक्दो प्रयास गर्दैछु : मन्त्री अधिकारी
-
क्रसर उद्योग नवीकरण गर्न सरकारसँग माग
-
निर्वाचन आयोगद्वारा पर्यवेक्षकहरूसँग अन्तरक्रिया
-
नेपाल प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई शारडा समूहले कार दिने
-
कतै समाजवाद शब्दले बिगारेको त छैन ?