इजिप्टमा पुरातन युगका चिहानहरू फेला
शुक्रबार, १२ फागुन २०७९, २२ : ०४

कायरो । संयुक्त इजिप्टियन स्पेनिस पुरातात्त्विक मिसनले माथिल्लो इजिप्टको मध्य प्रान्त मिन्यामा रोमन, पर्शियन, बाइजान्टिन र कप्टिक युगका ३२ वटा चुनढुङ्गा चिहान फेला पारेको इजिप्टको पुरातात्त्विक तथा पुरातात्त्विक मन्त्रालयको विज्ञप्तिमा शुक्रबार उल्लेख गरिएको छ ।
'माथिल्लो इजिप्टको इतिहासको बारेमा रहस्यहरू खोतल्नका लागि यो खोज अत्यन्तै महत्त्वपूर्ण छ,' पुरातन वस्तुहरूको सर्वोच्च परिषद्का अध्यक्ष मुस्तफा वजिरीले भनेका छन् ।
मन्त्रालयको विज्ञप्तिमा भनिएको छ,'रोमन-युगका चिहानहरूमा कुनै ढक्कन वा पाण्डुलिपिहरू भेटिएनन् जबकि कप्टिक-युगहरूकामा भने आयताकार प्वालहरू भेटिएका र माटाका थुप्रै टुक्राहरू फेला परेका थिए ।' (रासस-सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यालय शिक्षा विधेयकका थप ११ दफामा सहमति जुट्यो
-
मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादी पक्राउ
-
फिफ्टिन्स रग्वी च्याम्पियनसिप : उद्घाटन खेलमा गोर्खाली रग्बी क्लब विजयी
-
बेनिशाको ‘कल्ली’ कात्तिक २१ मा रिलिज हुने
-
बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित
-
सरकारले जफत गर्यो खुमबहादुर खड्काको जग्गा