चीनद्वारा अमेरिकालाई आधिपत्यभाव त्याग्न आग्रह
शुक्रबार, १२ फागुन २०७९, २१ : ०१

बेइजिङ । चीनको विदेश मन्त्रालयका प्रवक्ताले संयुक्त राज्य अमेरिका सत्य कुरा सुन्न अभ्यस्त नभएको र अझै पनि आफ्ना समस्याहरूको सामना गर्न इच्छुक नरहेको टिप्पणी गरेका छन् ।
चीनका लागि अमेरिकी राजदूत निकोलस बर्न्सले चिनियाँ पक्षले जारी गरेको अमेरिका–सम्बन्धित प्रतिवेदनका सम्बन्धमा गरेको ट्वीटको जवाफमा प्रवक्ता वाङ वेनबिनले उक्त टिप्पणी गरेका हुन् ।
प्रवक्ता वाङले उक्त प्रतिवेदनले सत्य बोल्ने र विश्वसामु अमेरिकी आधिपत्यवादी व्यवहारलाई वस्तुनिष्ठ रूपमा प्रस्तुत गर्नेबाहेक अरु केही नभएको बताएका छन् । साथै अमेरिकाले वर्चस्व लाद्ने वा धम्कीपूर्ण व्यवहार गर्न खोज्नबाट अलग रहनुपर्छ र अन्य देशको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको सम्मान गर्नुपर्छ र शान्तिपूर्ण सहअस्तित्वको बाटो खोज्नुपर्छ, प्रतवक्ताले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य बीमालाई व्यवस्थित गर्न काम थालिसक्यौँ : मन्त्री पौडेल
-
कोशी प्रदेशसभामा उठ्यो भ्रष्टाचारी ठहरिएका पराजुलीको विषय
-
काठमाडौँबाट ठुलो परिमाणमा ट्रामाडोल क्याप्सुलसहित २ व्यक्ति पक्राउ
-
‘नेपालमा पानी जहाज चलाउने कुरामा ठट्टा गरे, अहिले आवश्यक लाग्न थाल्यो’
-
भियतनाममा पनि पोखराकै जस्तो बेलुन विस्फोट, जन्मदिन मनाउँदा भयो यस्तो घटना
-
‘आवश्यक जनशक्ति नहुँदा जयनगर-जनकपुर रेल्वे सेवा घाटामा’