लागुऔषध सेवन गरी विद्यालयको बस चलाउनेसहित ६ जना चालक पक्राउ
काठमाडौँ । काठमाडौँको नागढुङ्गामा गरिएको विशेष चेकिङका क्रममा लागुऔषध सेवन गरी सवारी साधन चलाउने विद्यार्थी बोकेको बसका चालकसहित ६ जना चालकलाई शुक्रबार प्रहरीले नियन्त्रणमा लिएको छ ।
बा ३ ख ६३ ०३ नम्बरको रिव्स स्कुल गुर्जुधाराका विद्यार्थी बोकेको चन्द्रागिरी यातायातको बस चालक रामेछापका गणेश दमाई, बागमती प्रदेश ०३-००१ ख १७ ०६ नम्बरको ट्रक चालक मकवानपुर घर भएका गणेश चौलागाईँ, बागमती प्रदेश ०२-०३४ प ७९ २९ नम्बरको मोटरसाइकल चालक सिन्धुपाल्चोकका मेख बहादुर थापा, ग १० प ९८ ३४ नम्बरको स्कुटर चालक लमजुङ घर भएका संजय गुरुङ, प्रदेश ३-०१-०२५ च ६८८२ नम्बरको पिकअप जीपका चालक धादिङका विजन सिल्वाल र ग १ ख ७१ ४५ नम्बरको बस चालक लमजुङ घर भएका श्याम थापा पक्राउ परेका हुन् ।
नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुङ्गाको संयुक्त टोलिले २० वटा सवारी साधन चेकजाँच गर्दा लागुऔषध सेवन गरी सवारी साधन चलाईरहेको अवस्थामा ६ जना चालकलाई फेला पारेको हो । जसमा सार्वजनिक सवारी साधनका चालक ३ जना, मोटरसाइकलरस्कुटरका चालक १र१ जना र पिकअप जीपका चालक १ जना गरी ६ जना चालकहरु रहेका छन् ।
लागुऔषध सेवन गरी सवारी साधन चलाईहेको अवस्थामा फेला परेका सबै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त थानकोटमा पठाइएको छ । विद्यार्थी बोक्ने जस्तो संवेदनशिल सवारी साधन चलाउने चालकलेनै लागुऔषध सेवन गरेर सवारी साधन चलाउनु आफैंमा निन्दनीय कार्य रहेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ बसपार्कबाट सार्वजनिक बस सञ्चालन गर्ने महानगरको निर्णय पूर्ण कार्यान्वयन भएन
-
दरबारमार्ग क्षेत्रमा एमालेका कार्यकर्ताले गरे फोहोर, महानगरको एक्सन
-
गोरखामा मध्यपहाडी राजमार्गको २३ किलोमिटर सडक कालोपत्र अझै बाँकी
-
बालेनले गराए एमालेलाई १ लाख जरिवाना
-
सीडीओ र जिल्ला प्रहरी प्रमुखहरूलाई गृहमन्त्रीको निर्देशन, ‘निर्वाचन सुरक्षालाई सामान्य रूपमा नलिनु’
-
बीआरआईबारे कांग्रेसकै कित्तामा प्रधानमन्त्री ओली