उपराष्ट्रपति जसपालाई दिने सैद्धान्तिक सहमति

काठमाडौँ । राष्ट्रपति पद नेपाली कांग्रेसले पाएसँगै उपराष्ट्रपतिको पद जसपा नेपालले पाउने भएको छ । आठ दलको शुक्रबार साँझ भएको बैठकमा सो पद जसपालाई दिने सैद्धान्तिक सहमति भएको हो ।
नेकपा एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाले रातोपाटीसँग कुराकानी गर्दै भने, ‘अहिले नै उपराष्ट्रपतिको उम्मेदवारी दर्ता गर्ने बेला भएको छैन । त्यसैले यसबारे ठोस सहमति भन्दा पनि जसपालाई नै सो पद दिने आठ दलबीच सैद्धान्तिक सहमति भएको छ ।’ उनले आगामी बैठकले यस विषयमा पनि ठोस निर्णय गर्ने बताए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रस्ताव अनुसार संघीय संसद्को ठुलो दल नेपाली कांग्रेसले राष्ट्रपति पद पाउने भएको छ । प्रधानमन्त्री निवासमा भएको बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा नेपाल, राष्ट्रिय जनमोर्चा, नागरिक उन्मुक्ति पार्टी, लोसपा र जनमत पार्टीको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रकारमाथि दुर्व्यवहार गर्ने एक युवक पक्राउ
-
भारतको रक्सौलबाट ८ जना नेपाली किशोरको उद्धार
-
सर्वोच्चमा मनाङेका दुई घण्टाः ‘मुद्दा हेर्न नमिल्नेले गोला किन तान्नु ?’
-
बागमतीमा आयोजना बैङ्क सञ्चालनका लागि मन्त्रालयलाई अभिमुखीकरण तालिम
-
चुरे तराई जनसांगीतिक अभियानः चुरे फेदीमा नाच्दै, गाउँदै माओवादी
-
चिकित्सकको आन्दोलन : शुक्रबार आकस्मिक बाहेक सबै सेवा ठप्प पार्ने