राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने सहमति

काठमाडौँ । आसन्न राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने आठ दलबीच सहमति भएको छ । बालुवाटारमा शुक्रबार साँझ बसेको बैठकमा आठै दलले चुनावमा कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने सहमति बनेको नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले रातोपाटीलाई जानकारी दिएका हुन् ।
प्रधानमन्त्री निवासमा भएको बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा नेपाल, राष्ट्रिय जनमोर्चा, नागरिक उन्मुक्ति पार्टी, लोसपा र जनमत पार्टीको सहभागिता रहेको थियो ।
यता नेकपा एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ल्याएको प्रस्तावमा बैठकमा उपस्थित आठै दलले समर्थन जनाएको रातोपाटीलाई जानकारी दिए । उनले भने, ‘आजको बैठकमा प्रधानमन्त्रीज्यूले संसद्को सबैभन्दा ठूलो दललाई राष्ट्रपति बनाउन उचित हुने प्रस्ताव ल्याउनु भयो । आठवटै दलले त्यो प्रस्तावमा समर्थन जनायौँ ।’
सत्ता साझेदारीका अन्य विषय भने आगामी बैठकमा छलफल हुने उनको भनाई थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कलेजहरूलाई दिइने विदेशी कोषमा अमेरिकामा बढ्ने भयो निगरानी
-
चीनले अमेरिका फिर्ता पठायो बोइङका विमान
-
सर्वोच्चबाट पुनरावलोकनको मुद्दा फिर्ता लिँदै मनाङे, उपस्थित भए इजलासमा
-
लोकतन्त्रको आन्दोलनमा माधव कमरेडको भूमिका
-
पहलगाम आक्रमणपछि पाकिस्तान सरकारको वेबसाइट र एक्स एकाउन्ट ब्लक
-
जम्मू कश्मीरको उधमपुरमा अतिवादीहरूसँगको भिडन्तमा एक सैनिकको मृत्यु