लोसपालाई बालुवाटारमा प्रधानमन्त्रीको निम्तो

काठमाडौँ । शुक्रबार बिहान बालुवाटारमा बसेको चार दलको बैठकले पुरानो पाँच दलीय गठबन्धनलाई ब्युँताउने सहमति गरेसँगै सो गठबन्धनमा लोकतान्त्रिक समाजवादी पार्टी नेपाललाई पनि सहभागी गराउने तयारी गरिएको छ । शुक्रबार साँझ बस्ने काँग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाको बैठकमा लोसपालाई पनि निम्ता गरिएको हो ।
राष्ट्रपतिमा आफै दाबी गर्दै आएको लोसपालाई बालुवाटारमा बोलाएपछि पार्टीले बैठकमा आफ्नो प्रस्ताव राख्ने तयारी गरेको छ । यद्यपि बिहान बसेको चार दलको बैठकमा काँग्रेसलाई राष्ट्रपति र जसपालाई उपराष्ट्रपति दिने लगभग सहमति भइसकेको छ । त्यसैलाई अन्तिम रूपमा दिन साँझ पाँच बजे बैठक बस्न लागेको हो ।
सो बैठकमा लोसपाले आफ्नो धारणा राख्ने लोसपाका कार्यकारिणी सदस्य अकवाल अहमदले बताए । उनले भने, ‘मिडियामार्फत हामीले पनिराष्ट्रपतिमा सहमति भइसकेको भनेर सुनेका छौँ । तर त्यसको आधिकारिक जानकारी हामी कहाँ आइपुगेको छैन । प्रधानमन्त्री प्रचण्डले बालुवाटार बोलाउनु भएको छ, त्यहाँ हाम्रो आफ्नो कुरा पनि राख्छौँ ।’
बालुवाटारको बैठकपछि मात्र लोसपाले राष्ट्रपति र उपराष्ट्रपतिको बारेमा आफ्नो धारणा स्पष्ट गर्ने उनले बताए । लोसपा स्रोतका अनुसार राष्ट्रपतिका लागि नागरिक उन्मुक्ति पार्टीले लोसपाका अध्यक्ष महन्थ ठाकुरलाई लिखित सहमति जनाइसकेको छ । उन्मुक्ति पार्टीले लोसपाका अध्यक्ष ठाकुरलाई राष्ट्रपतिमा सहमति गर्ने भनेर लिखित पत्र नै पठाएको स्रोतले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ओल्मोलाई दर्ता गर्न बार्सिलोनासँग पैसा नै छैन’
-
मस्कको आलोचना बढ्दै, टेस्लाको बिक्रीसँगै सेयरमा गिरावट
-
एनआरएनए एकता महाधिवेशनलाई सहयोग पुग्नेगरी सरकारी निर्णय
-
१० बजे १० समाचार : तीनकुने घटनामा प्रहरीको प्रस्टोक्ति, वारपारको आन्दोलनमा शिक्षक
-
स्वास्थ्य सचिव नियुक्ति विवाद : सर्वोच्चले दिएन मिश्रको पक्षमा अन्तरिम आदेश
-
बेलायतमा नेपाली व्यवसायीले किने दुईवटा केयर होम