सवारी दुर्घटनामा रुपन्देहीमा दुई जनाको मृत्यु

रुपन्देही । रुपन्देहीमा भएको छुट्टाछुट्टै दुर्घटनामा परेर रुपन्देहीमा दुई जनाको मृत्यु भएको छ । शुद्धोधन गाउँपालिका(३ सखुवानीस्थित सडकमा मनकामना इँटाभट्टाबाट सखुवानी मन्दिरतर्फ जाँदै गरेको लु.३ त ७३७८ नम्बरको ट्याक्टरबाट लडेर सियारी गाउँपालिका-७ चपरिटोल बस्ने २३ वर्षीय लक्ष्मण केवटको बिहीबार राति मृत्यु भएको हो ।
ट्याक्टरबाट लडेर गम्भीर घाइते भएका उनको भिम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो ।
हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ । यसैगरी रुपन्देही, मायादेवी गाउँपालिका(४ सेमरी चोकमा भैरहवाबाट लुम्बिनीतर्फ जाँदै गरेको लु.३८ प ६८६० नम्बरको मोटरसाइकललाई लु.१ च ५७८६ नम्बरको पिकअपले शुक्रबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक मायादेवी गाउँपालिका-४ मोतिपुर बस्ने ३० वर्षीय श्याम नारायण पालको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । पिकअप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेलेन्स्कीले भने-‘हामी शान्ति चाहन्छौं तर देशै सुम्पिन सक्दैनौं’
-
भेपको अवैध कारोबार गरी कर छल्ने चार जनाविरुद्ध मुद्दा दायर
-
अर्घाखाँचीको धार्मिक स्थल पाणिनिमा चार जिल्लाको सुरक्षा बैठक
-
पाङ्ग्रा जनकपुरमा ! बुद्ध एयरको जहाज काठमाडौँमा अवतरण पछि ग्राउन्डेड
-
एमडीएमएस प्रकरण: पूर्वअध्यक्षद्वय झा र खनाललाई १३ महिना जेल
-
अवकाश हुनुभन्दा १२ दिनअघि भट्टराईलाई एआईजीको फुली ‘उपहार’