दाङका सडक आयोजनाको काम छिटो सक्न सांसद नारायणी शर्माको सरकारलाई ध्यानाकर्षण

काठमाडौँ । नेकपा माओवादी केन्द्रकी सांसद नारायणी शर्माले दाङ जिल्लामा निर्माणको क्रममा रहेको विभिन्न सडक आयोजनाको काम छिटो सक्न सरकारको ध्यानाकर्षण गराएकी छिन् ।
शुक्रवार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद शर्माले बाँके राष्ट्रिय निकुञ्जबाट महेन्द्र राजमार्गमा ओहोर दोहोर गर्दा बाघ लगायत जंगली जनावरहरुबाट धेरै जनाको ज्यान गएको बताउँदै वैकल्पिक राजमार्गको रूपमा रहेको हुलाकी राजमार्गको काम छिटो सम्पन्न आग्रह गरिन् ।
उनले हुलाकी राजमार्ग निर्माणमा ढिलासुस्ती भएपछि दाङ् देउखुरी राप्तिपारीका जनताहरू समस्यामा परेको उल्लेख गरिन् । काम ढिलासुस्ती हुँदा राप्तिपारीको मानिसहरूलाई हुलाकी राजमार्ग मृगतृष्णाजस्तै भएको उल्लेख गरिन् ।
दाङको कालाकाटेदेखि गम्दीसम्मको सडक सामान्य रूपमा अघि बढिरहेको बताउँदै सो सडक खण्डमा स्थानीयको विवाद समाधान गरी सडकको काम अघि बढाउन आग्रह गरिन् । यस्तै गङ्दीदेखि बनकट्टी हुँदै बाँकेको खाेकरीसम्म करिब ५० किलोमिटर सडकको वातावरणीय प्रभाव मुल्याङ्कन इआइए भएर स्वीकृति भएकोले सो कामलाई पनि तदारुकताका साथ अघि बढाउन आग्रह गरिन् ।
दाङ जिल्लामा भारतसँग ३४ वटा नाका जोडिएको उल्लेख गर्दै त्यहाँका जनतालाई शिक्षा, स्वास्थ्य, सञ्चार, रोजगारीमा समस्या रहेको बताउँदै त्यसको समाधान गर्न आग्रह गरिन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहलगाम घटना : भैरहवामा शोकसभा र दीप प्रज्वलन
-
अमेरिकामा न्यायाधीश पक्राउ
-
नेपाल शिक्षक महासङ्घ वार्तामा बस्ने नै भएपछि पारदर्शी ढङ्गले जानु राम्रो हुन्छ : शंकर पोखरेल
-
केयू रनिङ शिल्ड २०८२ : काठमाडौँ विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सले उचाल्यो ट्रफि
-
नेपालमा रोजगारी नपाएका कुँवर मल्टी नेशनल कम्पनीमा साइबर विज्ञ
-
१० बजे १० समाचार : सरकारबारे गठबन्धनभित्र आशंका, के भन्छन् प्रधानमन्त्री ओली ?