अर्बौँको लगानीमा एनसेलको इन्टिग्रेटेड डाटा सेन्टर

काठमाडौँ । एनसेलले २ अर्बभन्दा धेरैको लगानीमा नख्खुमा इटिग्रेटेड डाटा (आईसीडी) सेन्टर सञ्चालनमा ल्याएको छ । कम्पनीले महत्वपूर्ण डाटा भण्डारणको लक्ष्यसहित नख्खुमा आफ्नै आईसीडी सञ्चालनमा ल्याएको हो ।
मलेसियाको लगानी रहेको दूरसञ्चार कम्पनी एनसेलले टियर–३ प्रविधिको डाटा सेन्टर सञ्चालनमा ल्याएको जानकारी दिएको छ । कोरोना महामारीको चुनौतीका बाबजुद ३ वर्ष लगाएर बनाएको उक्त डाटा सेन्टर निजी क्षेत्रबाट निर्मित देशकै ठूलो डाटा सेन्टर भएको कम्पनीको दाबी छ ।
एनसेलले सञ्चालनमा ल्याएको डाटा सेन्टरमा २२० भोल्टको एसी र्याक ८८ वटा छन् । यस्तै, डीसी र्याकको सङ्ख्या १६२ रहेको कम्पनीले जनाएको छ । यसमा २२५० किलोवाट लोड रहेको छ भने डाटा सेन्टर सञ्चालनका लागि विद्युत् प्राधिकरणबाट कम्पनीले ४ मेगावाट बिजुली किनिरहेको छ ।
यसका लागि एनसेलले प्राधिकरणको बिजुलीमा समस्या आएमा आफ्नै जनेरेटरको व्यवस्था समेत गरेको छ । जेनेरेटरलाई आवश्यक पर्ने इन्धन भण्डारणका लागि २५ हजार लिटर क्षमताको डिजेल भण्डारण केन्द्र समेत बनेको छ ।
२ तले भवनमा बनाइएको डाटा सेन्टरमार्फत हप्तामा सातै दिन सेवा दिन सकिने बताइएको छ । यस्तै, कम्पनीले आफ्नो डाटा सेन्टरका साथै अन्य कम्पनीहरूको डाटा समेत राख्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा १४ अर्ब भ्रष्टाचार भएको संसदीय छानबिन उपसमितिको निष्कर्ष
-
छोरीको हुनेवाला श्रीमानसँग भागेकी महिला थानामा
-
काठमाडौँमा थाल ठटाउँदै अर्धनग्न प्रदर्शन (तस्बिरहरू)
-
भारी वर्षाका कारणले सडक र हवाई यातायातमा असर पर्न सक्ने
-
संकटमा ‘खतरों का खिलाडी’ र ‘बिग बोस १९’, प्रड्यूसरले छाडे साथ
-
सुरेश रजक हत्याको निष्पक्ष छानबिनको माग गर्दै मौन प्रदर्शन, तस्बिरहरू