चार दलको बैठक : राष्ट्रपतिमा साझा उम्मेदवार बनाउने प्रयास

काठमाडौँ । तत्कालीन पाँच दलीय गठबन्धनबाट राष्ट्रपतिमा साझा उम्मेदवार बनाउन प्रयास गरिने भएको छ । नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीबाट राष्ट्रपतिमा दाबी गरेपछि छलफलबाट एउटा व्यक्तिलाई मात्रै साझा उम्मेदवार बनाउन प्रयास थालिने भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा पुराना गठबन्धनका नेताहरु राष्ट्रपतिको उम्मेदवारका विषयमा छलफल गरी रहेका छन् । त्यस बैठकबाट राष्ट्रपतिमा सकेसम्म एउटै व्यक्तिलाई साझा उम्मेदवार बनाउन प्रयास गर्न थालिएको प्रधानमन्त्री सचिवालयका एक सदस्यले बताए । राष्ट्रपतिको विषयलाई लिएर एमाले बिच्किएपछि पुरानो गठबन्धनबाट एउटै व्यक्तिमा सहमती खोज्ने प्रयास भइ रहेको ती सदस्यले बताए । कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति हुने चर्चा भएपनि पार्टी सभापति शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौलाले समेत आकांक्षा राखेका छन् ।
यस्तै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि राष्ट्रपतिमा आकांक्षा राखेका छन् । नेपाललाई राष्ट्रपति बनाउन कांग्रेस समेत तयार भएमा माओवादीले समेत साथ दिने बताएको छ । त्यसो भएमा नेपाल नै राष्ट्रपतिको साझा उम्मेदवार हुन सक्ने आकलन गरिएको छ । यदि नेपाल राष्ट्रपतिको साझा उम्मेदवार नभएमा कांग्रेसबाट पौडेल वा सिटौला राष्ट्रपति बन्ने बनाउनेगरी छलफल चलेको छ । त्यसैगरी पुराना गठबन्धनबीच समझदारी भएमा प्रचण्ड चार वर्ष, नेपाल चुनाव गराउनेगरी एक वर्ष प्रधानमन्त्री बनाउनेगरी तयारी भैरहेको प्रचण्ड निकट एक नेताले बताए ।
बैठकमा प्रधानमन्त्री प्रचण्डसहित उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, कांग्रेसबाट सभापति शेरबरहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, जसपाबाट अध्यक्ष उपेन्द्र यादव, नेता राजेन्द्र श्रेष्ठ र एकीकृत समाजवादीबाट अध्यक्ष माधव नेपाल र नेता घनश्याम भुसाल सहभागी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा पुरुषको शव फेला
-
अझै भेटिएनन् सप्तकोशीमा बगेका मामाभाञ्जा
-
ट्रम्पको रूसी राष्ट्रपति पुटिनलाई कडा सन्देश : ‘अब शान्ति सम्झौता गरौँ’
-
ओली सरकार असफल भइसक्यो, ढल्न मात्रै बाँकी छ : वर्षमान पुन
-
ग्रीन हाइड्रोजनको सम्भावना कार्यविधिमार्फत अघि बढाउँछौँ : ऊर्जामन्त्री खड्का
-
१० बजे, १० समाचार : सरकार छाड्ने गगनको चेतावनीदेखि देउवाको प्रतीक्षामा प्रचण्डसम्म