आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

राष्ट्रपतिबारे छलफल गर्न कांग्रेस शीर्ष नेताको बैठक बस्दै

शुक्रबार, १२ फागुन २०७९, ०७ : २९
शुक्रबार, १२ फागुन २०७९

काठमाडौं । राष्ट्रपतिको निर्वाचनबारे छलफल गर्न नेपाली कांग्रेसका शीर्ष नेताको बैठक बस्दैछ । सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा विहान ८ बजे शीर्ष नेताको बैठक बस्न लागेको हो ।

कांग्रेस महामन्त्री गगन थापाका अनुसार बैठकमा राष्ट्रपतिको उम्मेदवारबारे छलफल हुने छ । कांग्रेसमा नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाला राष्ट्रपतिको बलियो दाबेदारमा रुपमा अगाडि आएका छन् ।

राष्ट्रपतिको उम्मेदवार र पुरानो गठबन्धन ब्युँताउने आधारबारे पार्टीभित्र छलफल गरेर सभापति देउवाले प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग संवाद गर्ने छन् ।  आज विहान १० बजे कांग्रेस, माओवदी, एकीकृत समाजवादी र जसपाबीच छलफल हुने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप