राष्ट्रपति निर्वाचन : निर्णायक संवादमा प्रमुख दल
काठमाडौँ । सत्ता साझेदार र प्रमुख प्रतिपक्षीसहितका राजनीतिक दल राष्ट्रपति निर्वाचनको उम्मेदवार तय गर्न अन्तिम तयारीमा जुटेका छन् । राष्ट्रपति पदको निर्वाचनका लागि फागुन १३ गते शनिबार उम्मेदवारी मनोनयनको निर्वाचन कार्यतालिका तोकिएकाले दलहरूले अन्तिम चरणको छलफल तीव्र पारेका हुन् ।
राष्ट्रपति निर्वाचनको सन्दर्भमा बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी नेपालका शीर्ष नेताबीच छलफल भएको छ।
प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवसहित शीर्ष नेताहरू सहभागी बैठकमा राष्ट्रपति पदको उम्मेदवार कसलाई बनाउने भन्ने सन्दर्भमा कुराकानी भएको छ। यो समाचार राजधानी दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के हो ‘चाइना–कार्ड’ ?
-
चिसो बढेसँगै कालीगण्डकीमा जलयात्रा बन्द
-
‘सामाजिक सुरक्षा कोषमा आबद्ध हुँदा योगदानकर्ता र रोजगारदाता दुवैलाई नोक्सान छैन’
-
‘हामी भारत कि चीन भनेर लडिरहेका छौँ’
-
घाइते भएका कारण नेपाल प्रिमियर लिगबाट बाहिरिए दक्षिण अफ्रिकी बलर डे लान्ज
-
प्रचण्डले चीन भ्रमण गर्दा चाइना कार्ड नहुने, ओलीले गर्दा हुने ?