राजनीति
प्रचण्डलाई प्रश्न : पुरानो गठबन्धन ब्युँताउने कि नेकपा ब्युँताउने ?
बिहीबार, ११ फागुन २०७९, २० : २१

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिको विषयमा सबै दलको सबैसँग छलफल चलिरहेको भन्दै कहीँपनि सहमति भने नजुटेको बताएका छन् ।
सिंहदरबारमा जसपा र एकीकृत समाजवादीसँगको छलफलपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका उनले नेकपा ब्युँताउने वा पुरानो गठबन्धन ब्युँताउने भन्नेबारे केही टुंगो नभएको बताए ।
पुरानो गठबन्धन ब्युँताउने कि नेकपा ब्युँताउने भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले यसबारे छलफल नै चलिरहेको बताएका हुन् ।
‘छलफल चलिराख्या छ, फाइनल भइसकेको छैन । कुन दलले राष्ट्रपति पाउने भन्ने अहिले भइसकेको छैन’, उनले भने, ‘भोलि एमाले अध्यक्षसँग पनि मेरो कुराकानी छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तपाईंले प्रयोग गरिरहनुभएको मेकअप कति सुरक्षित छ?
-
एमाले मकवानपुरका अध्यक्ष पोखरेल घाइते
-
वन्यजन्तु जोगाउन दश वर्षदेखि राप्ती सरसफाइ
-
भूराजनीतिक संवेदनशीलतालाई ख्याल गर्नुपर्ने आवश्यकता छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
-
पूर्ण समानुपातिक निर्वाचन प्रणालीको अभ्यासमा तत्काल जुट्नुपर्छ : सांसद गौतम
-
कारागारभित्रै सीप सिकेर कमाउँछन् कैदीबन्दीहरू