राजनीति
सिंहदरबारमा बसेको तीन दलको बैठक निष्कर्षविहीन
बिहीबार, ११ फागुन २०७९, १९ : ५८

काठमाडौँ । सिंहदरबारमा बसेको तीन दलको बैठक निष्कर्षविहीन भएको छ ।
बिहीबार राष्ट्रपति निर्वाचनबारे सिंहदरबारमा बसेको नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको बैठक निष्कर्षविहीन भएको हो ।
बैठकबाट बाहिरिने क्रममा नेकपा माओवादीका नेता जनार्दन शर्माले आजको बैठकमा विभिन्न विकल्पमा छलफल भएपनि कुनै सहमति नभएको बताए । उनले भोलि पुनः बैठक बसेर सहमति गर्ने बताए ।
यस्तै बैठकपछि जसपाका अध्यक्ष उपेन्द्र यादवले सरकार, राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनबारे छलफल भएपनि टुंगोमा नपुगेको बताएका छन् । उनले भोलि पनि छलफललाई जारी राख्ने बताए ।
बैठकपछि एकीकृत समाजवादीका नेता प्रकाश ज्वालाले भोलि नेपाली कांग्रेससँग छलफल गरेर बाँकी टुंगो लाग्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अछाम साँफेबगर हाटबजारमा आगलागी, ३ करोडभन्दा बढीको क्षति
-
दाइलाई भित्री वस्त्रमा हिँडेको देखेपछि पत्नीको हत्या
-
रिमालको ‘आमाको सपना’मा ‘त्यो’ आउनुको तात्पर्य
-
पोपको अन्त्येष्टिमा ट्रम्प र जेलेन्स्कीको तस्बिर सार्वजनिक
-
सशस्त्रलाई हराउँदै भलिबलको उपाधि पुलिसलाई
-
घर–घरमा स्वच्छ खानेपानी पुर्याउनु सरकारको प्रमुख लक्ष्य हो : मन्त्री यादव