जनकपुरमा दलित सुकुमबासीद्वारा मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन

जनकपुरधाम । जनकपुरमा दलित सुकुमबासीहरुले मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गरेका छन् । चुरे तथा वन जंगल संरक्षण अभियानले घोषणा गरेको आन्दोलन कार्यक्रम अन्तर्गत उनीहरुले प्रदर्शन गरेका हुन् ।
अभियानले विभिन्न माग सहित सोमबार आन्दोलन घोषणा गरेको थियो । भूमिहीनलाई जग्गा उपलब्ध गराऊ, दिलिप महतोलाई पर्यावरण सहिद घोषणा गर, चुरे वन जंगल संरक्षण गर, चुरे अभियन्ताहरुमाथि लगाएको झुठा मुद्दा फिर्ता गर भन्ने माग राखेर दलित सुकुमबासीहरु र चुरे तथा वन जंगल संरक्षण अभियन्ताहरुले प्रदर्शन गरेका हुन् ।
मधेस प्रदेशका सबै जिल्लाबाट जनकपुरमा जम्मा भएका दलित सुकुमबासीहरुले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र जिल्ला प्रशासन कार्यालय घेराउ गरेका थिए ।
पटक पटक आन्दोलन र आमरण अनशन बसेपछि प्रदेश सरकारले ७ बुँदे सम्झौता गरे पनि कार्यान्वयन नगरेपछि बाध्य भएर पुनः आन्दोलन गर्नुपरेको सामाजिक अभियन्ता सरोज रायले जानकारी दिए । उनका अनुसार प्रदर्शनमा सहभागीहरु आजदेखि अनिश्चितकालीन धर्नामा बस्नेछन् । माग पूरा नभएसम्म धर्ना जारी रहने उनले जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेन्ट जेभियर्सको भर्ना प्रक्रियामा गोला प्रथाबारे सर्वोच्चको कारण देखाऊ आदेश
-
१० बजे १० समाचार : चम्किला ज्याकेट लगाएका मान्छेको आतंकदेखि अध्यादेश अलपत्रसम्म
-
८० जना सहसचिवको सरुवा गर्ने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकमा कुलमानका विषयमा छलफल भएन
-
बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्त
-
सडकमा हिँडिरहेको मान्छेलाई मुक्का हानेपछि बेलायती सांसद जेलमा