राजनीति
राष्ट्रपतिबारे छलफल गर्न सिंहदरबारमा तीन दलको बैठक जारी
बिहीबार, ११ फागुन २०७९, १८ : ०७

काठमाडौँ । सिंहदरबारमा राष्ट्रपतिका विषयमा छलफल गर्न तीन दलको बैठक सुरु भएको छ । राष्ट्रपतिका विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) बीच बैठक सुरु भएकाे हाे ।
जारी बैठकमा माओवादीबाट प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेताहरू नारायणकाजी श्रेष्ठ, जनार्दन शर्मा र शक्ति बस्नेत रहेका छन् । यस्तै एकीकृत समाजवादीबाट अध्यक्ष माधव कुमार नेपाल, नेताहरू बेदुराम भुसाल, घनश्याम भुसाल र प्रमेश हमाल छन् भने जसपाबाट अध्यक्ष उपेन्द्र यादव र नेता राजेन्द्र श्रेष्ठ सहभागी छन् ।
यही फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि दलहरूले छलफललाई तीव्रता दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मिथिला मध्यमा परिक्रमा आज सम्पन्न गरिँदै
-
पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव, आज कहाँ कहाँ हुन्छ वर्षा ?
-
महालक्ष्मीको बार आज कसलाई कति लाभ ? हेरौं राशिफल
-
यो वर्ष को बन्लान् महामूर्ख ?
-
युरोपा लिगको क्वार्टरफाइनल समीकरण पूरा, को-को पुगे अन्तिम आठमा ?
-
म्यान्चेस्टर युनाइटेड युरोपा लिगको क्वार्टरफाइनलमा, फर्नान्डिसले गरे ह्याट्रिक