डीआईजी अशोक सिंहको राजीनामा स्वीकृत
बिहीबार, ११ फागुन २०७९, १७ : १३

काठमाडौँ । डीआईजी अशोक सिंहले दिएको राजीनामा स्वीकृत भएको छ । बुधबार उनले प्रहरी प्रधान कार्यालयमा पुगेर आफ्नो राजीनामा बुझाएका थिए ।
प्रधान कार्यालयले गृह मन्त्रालयमा फरवार्ड गरेको उक्त राजीनामा पत्र गृहमन्त्री समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार स्वीकृत गरेका हुन् ।
डीआईजी सिंहको उमेर विवादका कारण राजीनामा दिएका हुन् । २०४२ जेठ २२ मा जारी उनको नागरिकतामा सिंहको उमेर १८ वर्ष उल्लेख गरिएको छ ।
शैक्षिक योग्यताको प्रमाणपत्रमा सिंहको जन्ममिति २०२५ साल पुस १६ उल्लेख भएको पाइएपछि उनी विवादमा तानिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अख्तियार र सीआईबीको कर्मचारी भन्दै ठगी गरेको आरोपमा युवक पक्राउ
-
‘ट्रेडमार्क र पेटेन्टको मुद्दामा आउने विवादबारे सरकारले विशेष कानुनी व्यवस्था गर्नुपर्छ’
-
आउ, सँगसँगै शिक्षक आन्दोलनमा जाऔँ
-
कलैयाको योगशिला अस्पताल बन्द गर्न मुख्यमन्त्रीको निर्देशन
-
पिटर र गियोङ्गमिन पार्कलाई एसिया ट्राइयाथलन कप उपाधि
-
स्याललाई हात्ती बनाएपछि