दुर्घटना
ब्रेकफेल भएको टेम्पो जब पार्किङभित्र छिर्यो, ४ वटा कारमा क्षति
बिहीबार, ११ फागुन २०७९, १५ : ४८

काठमाडौँ । ब्रेकफेल भएको टेम्पोलाई पार्किङभित्र छिराएर ठुलो दुर्घटनाबाट जोगिएको छ। अनामनगरबाट रत्नपार्फ गइरहेको बा१ह ३७४४ नम्बरको टेम्पो न्यु प्लाजा नजिकैको पार्किङमा छिराएको थियो ।
पार्किङ भित्र रहेका ४ वटा कारमा ठोक्किएको छ। दुर्घटनामा परेर टेम्पोका चालकसहित ४ जना घाइते भएका छन्। उनीहरूलाई उपचारको लागि काठमाडौँ मोडेल अस्पताल लगिएको छ।
ब्रेक नलागेपछि टेम्पोलाई दायाँतर्फ रहेको पार्किङ भित्र छिराइएको थियो । टेम्पोमा ब्रेक फेल भएपछि टेम्पो चालकले खाली ठाउँ खोज्दै हिँडेका थिए । त्यही क्रममा न्यु प्लाजामा रहेको प्राइम कमर्सियल बैंकको पार्किङ भित्र पसेको थियो। टेम्पो भित्र छिरेपछि पार्किङ रहेका कारहरूलाई ठक्कर दिएको थियो । जसले गर्दा कारहरूमा पनि क्षति पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुःखको घडीमा भारत सरकार र भारतीय जनताको पक्षमा नेपाल उभिएको छ : परराष्ट्रमन्त्री
-
सरकारलाई असफल बनाएर पठाउने छुट कसैलाई छैन : साउद
-
साँफेहाटबजार आगलागीबाट प्रभावितलाई प्रदेश सरकारद्वारा १० लाख सहयोग घोषणा
-
अछाम साँफेबगर हाटबजारमा आगलागी, ३ करोडभन्दा बढीको क्षति
-
दाइलाई भित्री वस्त्रमा हिँडेको देखेपछि पत्नीको हत्या
-
रिमालको ‘आमाको सपना’मा ‘त्यो’ आउनुको तात्पर्य