सिंहदरबारमा प्रचण्ड र माधव नेपालबीच के-के भयो कुराकानी ?

काठमाडौँ । राष्ट्रपति निर्वाचन र भावी सत्ता समीकरणबारे नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच छलफल भएको छ ।
माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालीबीच आधा घण्टा कुराकानी भएको छ । प्रचण्ड र नेपालबीचको भेटवार्तामा माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र एकीकृत समाजवादीका नेता घनश्याम भुसाल सहभागी थिए ।
बैठकपछि प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिको उम्मेदवारको टुंगो लागिनसकेको बताए । यस्तै पाँच दलीय गठबन्धन बिउँताउनेबारे छलफल भइरहेको प्रचण्डको भनाइ छ ।
पाँच दलीय गठबन्धन बिउँताउन लागेको हो भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘छलफल भइरहेको छ । फाइनल भइसकेको छैन ।’ यस्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले पनि विभिन्न विकल्पमा छलफल भइरहेको बताए ।
तर निष्कर्षमा नपुगिसकेको भन्दै देशलाई हित हुने विकल्प रोज्ने उनको भनाइ छ । ‘हामीले विभिन्न विकल्पमा छलफल गरिरहेका छौँ । हामीसँग विभिन्न विकल्प छन् । त्यो मध्य देशलाई हित हुने विकल्प रोज्छौँ’ उनले भने ।
यस्तै माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष श्रेष्ठले राष्ट्रपति निर्वाचनको विषयमा सबै दलहरूसँग छलफल भइरहेको बताए । सोही क्रममा एकीकृत समाजवादीसँग पनि कुराकानी गरेको उनको भनाइ थियो । ‘राष्ट्रपतिबारे हामीले सबैसँग छलफल गर्दैछौं । टुङ्गोमा पुगिसकेका छैनौँ । गठबन्धन परिवर्तन गर्ने निष्कर्षमा पुगिसकेको छैन,’उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारलाई असफल बनाएर पठाउने छुट कसैलाई छैन : साउद
-
साँफेहाटबजार आगलागीबाट प्रभावितलाई प्रदेश सरकारद्वारा १० लाख सहयोग घोषणा
-
अछाम साँफेबगर हाटबजारमा आगलागी, ३ करोडभन्दा बढीको क्षति
-
दाइलाई भित्री वस्त्रमा हिँडेको देखेपछि पत्नीको हत्या
-
रिमालको ‘आमाको सपना’मा ‘त्यो’ आउनुको तात्पर्य
-
पोपको अन्त्येष्टिमा ट्रम्प र जेलेन्स्कीको तस्बिर सार्वजनिक