रुपन्देहीको सैनामैनामा कार र ट्रक ठोक्किँदा ४ जना घाइते
बिहीबार, ११ फागुन २०७९, १२ : ३४

बुटवल । रुपन्देहीको सैनामैनामा कार र ट्रक एकआपसमा ठक्कर खाँदा ४ जना घाइते भएका छन् । बिहीबार पूर्वपश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको सालझण्डी र फारलाईन बीचको जंगलमा भएको दुर्घटनामा ४ जना घाइते भएका हुन् । दुर्घटनामा कारमा सवार बाँके राप्ती रोनारी गाउँपालिका–९ की २२ वर्षीया कविताकुमारी थारु, सोही ठाउँकी २३ वर्षीया शुशीला थारु, १५ वर्षीय विवश थारु र नवलपरासी पश्चिम सरावल गाउँपालिकाका २५ वर्षीय कृष्णा चौधरी घाइते भएका छन् ।
सो राजमार्गमा पूर्वतर्फ आउँदै गरेको लु ३ च ८९२ नम्बरको ट्रक र विपरीत दिशाबाट आएको लु २ ख ४३० नम्बरको कार ठोक्किएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय बुटवलले जनाएको छ । घाइतेहरुको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ ।