ललितपुरमा मोटरसाइकल दुर्घटना, एक युवकको मृत्यु
बुधबार, १० फागुन २०७९, २३ : ०४

काठमाडौँ । उपत्यकाको ललितपुर महानगरपालिका–१३ कुसुन्तिस्थित सडकमा बा ८७ प ५९०१ र बागमती प्रदेश ०२–००२ प ९३७६ नम्बरका मोटरटसाइकल एक आपसमा ठक्कर खाँदा आज एक जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा बाप्र ०२–००२ प ९३७६ नम्बरको मोटरसाइकल चालक धनुषा लक्ष्मीमिया घर भई ललितपुर महानगरपालिका–१७ ग्वार्को बस्ने २१ वर्षीय शिवम् यादवको मृत्यु भएको प्रहरी प्रवक्ता पोषराज पोखरेलले जानकारी दिए ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको बी एण्ड बी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका बा ८७ प ५९०१ नम्बरको मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ भने सोही मोटरसाइकलका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिशूलीमा बेपत्ता रानाको शव भेटियो
-
बीपी राजमार्ग पुनर्निर्माणमा सहयोग गर्न जापान सकारात्मक
-
कांग्रेसमा ४० वर्ष मुनिका युवाहरूको सहभागिता सुनिश्चित गर्न माग
-
आशा र निराशाका बिचमा युद्धग्रस्त गाउँहरूमा फर्किए लेबनानी
-
सेनाले नेपालमा देखेको सुरक्षा थ्रेट गम्भीर : सापकोटा
-
कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूले एमालेसँग सहकार्य गर्नुस् : शेखर कोइराला