देउवालाई राष्ट्रपति बनाउने प्रस्तावमा विश्वप्रकाशको असहमति

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउबालाई राष्ट्रपति बनाउन नहुने तर्क गरेका छन् । राष्ट्रपतिको निर्वाचनका बारेमा राजनीतिक दलहरुबीच रस्साकस्सी भइरहेको बेला बुधवार साँझ सामाजिक सञ्जालमार्फत महामन्त्री शर्माले दलीय हिसाबले सभापतिलाई राष्ट्रपति बनाउने बिषय उपयुक्त भएपनि कार्यकारी भइसकेका ब्यक्तिलाई राष्ट्रपति बनाउन नहुने र्तक अघि सारेका हुन् ।
‘सभापतिलाई राष्ट्रपति बनाएर वरिष्ठ नेतालाई संसदीय दलको नेता, उपसभापतिलाई कार्यवाहक दलीय दृष्टिले मेरो प्रस्ताव उचित’ महामन्त्री शर्माले भनेका छन, ‘तर कार्यकारी बनिसकेका कसैलाई पनि राष्ट्रपति बनाउनु अनुपयुक्त साथीहरूको यो विश्लेषण बढी परिपक्व छ ।’
प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहमतीय राष्ट्रपतिका लागि सभापति देउवा स्वयं वा कांग्रेसका अर्का नेता कृष्णप्रसाद सिटौलामध्ये एकजनाको निर्णय गरेर आउन आग्रह गरिरहेको बेला शर्माको यो भनाई आएको हो ।
देउवाले वरिष्ठ नेता रामचन्द्र पौडललाई भावी राष्ट्रपतिको उम्मेदवार बनाउने तयारी गरिरहेको बेला प्रचण्डले कांग्रेसले देउवा वा सिटौलाका नाम प्रस्ताव गरेर आउन सभापति देउवालाई सुझाव दिएपछि उनी थप अप्ठयारोमा परेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : नयाँ वर्षको पहिलो दिन पनि शिक्षकहरू सडकमैदेखि बैंकहरूले लागु गरे नयाँ ब्याजदरसम्म
-
धनगढी हाफ म्याराथनको उपाधि आर्मीका खड्कालाई
-
अस्ट्रेलियामा नयाँ प्रजातिका ‘विशबोन’ माकुरा फेला
-
गायक आचार्यको नयाँ म्युजिक भिडियो सार्वजनिक
-
राष्ट्रपति पौडेलद्वारा हल्चोक आकाश भैरवको १२ वर्षे जात्रा शुभारम्भ
-
नारायणघाट–बुटवल सडकखण्ड आजदेखि रातको समयमा बन्द हुने