खेलकुद
टी–ट्वान्टी लिग : स्पट फिक्सिङमा संलग्नलाई ३ लाख धरौटीमा छाड्न आदेश
बुधबार, १० फागुन २०७९, २० : ११

काठमाडौं । नेपाल टी–ट्वान्टी क्रिकेट लिगको स्पट फिक्सिङमा संलग्न खेलाडी र बिचौलियालाई अदालतले ३ लाख धरौटीमा छाड्न आदेश गरेको छ । राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिल अन्सारीसहित ३ जनालाई जनही ३ लाख धरौटीमा छाड्न जिल्ला अदालतले आदेश गरेको हो ।
२०७९ पुस ९ देखी पुस २७ सम्म सञ्चालित टी–२० लिगमा स्पट फिक्सिङ गरेको आरोपमा सिआईबीले ३ जनालाई पक्राउ गरेको थियो । स्पट फिक्सिङमा संलग्न आरोपमा पक्राउ पर्नेमा पूर्व राष्ट्रिय क्रिकेटर मेहबुव आलम, राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिल अन्सारी र पर्साको वीरगन्ज घर भएका नितेश गुप्ता छन् ।
बुधवार थुनछेक बहसपछि अदालतले उनीहरूलाई धरौटीमा रिहा गर्न आदेश गरेको केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता (एसपी) सञ्जय सिंह थापाले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेना र ठेकेदारको विवादले एसटीसी होलसेल मार्केटका व्यापारी मारमा
-
धनगढी उपमहानगरमा ‘विशेषज्ञ चिकित्सा वडा क्लिनिक सेवा’
-
जसपा नेपालको केन्द्रीय समिति बैठक आह्वान
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
वनगाउँका एकसय घर तरकारी खेतीमा
-
बेलायतमा अध्ययनरत नेपाली विद्यार्थी समस्यामा, कस्ता छन् चुनौती ?