मोलुङ हाइड्रोपावरको आईपीओमा ७ गुणाबढी आवेदन
काठमाडौँ । मोलुङ खोला हाइड्रोपावरले बिक्री खुलाएको साधारण सेयर (आईपीओ)मा १४ लाख ८७ हजारभन्दा धेरैको अवोदन परेको छ । कम्पनीले फागुन ४ गतेदेखि आज १० गतेसम्मलाई खुलाएको आईपीओमा ५ बजेसम्मको अवधिमा करिब १५ लाख जनाको आवेदन परेको हो ।
उक्त संख्याका आवेदकले १ अर्ब ६५ करोड ९० लाख १७ हजार रुपैयाँ बराबरको १ करोड ६५ लाख ९० हजार १७० कित्ता सेयरको माग गरेका छन् । जबकि, कम्पनीले सर्वसाधारणका लागि जम्मा २२ लाख ६४ हजार ६५५ कित्ता सेयर छुटाएको थियो ।
यसअघि हाइड्रोपावरले वैदेशिक रोजगारीमा गएकाहरुका लागि २ लाख ७२ हजार ८५० कित्ता सेयर बिक्री गरेको थियो । यस्तै, सामूहिक लगानी कोषका लागि १ लाख ३६ हजार ४२५ कित्ता र कर्मचारीका लागि ५४ हजार ५७० कित्ता सेयर छुटाएको थियो ।
यो कम्पनीको आईपीओ २ ला २६ हजार ४६५ जनाले मात्रै पाउनेछन् । उनीहरुले प्रतिव्यक्ति १० कित्ताका दरले सेयर पाउनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेनको प्रश्नः स्थानीय सरकारका समस्या संघ सरकारसँगै भन्नुपर्ने भए प्रदेश किन चाहियो?
-
मधेस प्रदेशलाई हराउन आर्मी क्लबले २८ रन बनाए पुग्ने
-
कांग्रेसले बेवास्ता गरेको प्रवासको ऊर्जा
-
निजामती सेवामा छुटेको वर्गलाई समावेश गर्नुपर्छ : ओझा
-
अध्यादेशमार्फत २७ ऐन संशोधन गर्न बालुवाटारमा यसरी जुटेको थियो सहमति
-
स्नातकोत्तर तहको नेटवर्क तथा साइबर सेक्युरिटी कोर्समा त्रिविले दियो नयाँ विकल्प