लघुवित्तले कर्जाको अधिकतम ब्याजदरको ५० प्रतिशत निक्षेपमा प्रदान गर्नुपर्ने

काठमाडौँ । केन्द्रीय बैंकले लघुवित्त वित्तीय संस्थाले प्रवाह गर्ने कर्जाको अधिकतम ब्याजदरको कम्तीमा ५० प्रतिशत ब्याजदर निक्षेपमा दिनुपर्ने व्यवस्था गरेको छ ।
बैंकले बुधबार लघुवित्त संस्थाका लागि एकीकृत निर्देशन, २०७८ लाई संशोधन गर्दै निक्षेप÷बचतको ब्याजदरको नयाँ व्यवस्था गरेको हो ।
निर्देशन नं. १५/०७८ को बुँदा नं २ थप गरी क्रमसंख्या मिलान गर्दै राष्ट्र बैंकले भनेको छ, ‘लघुवित्त वित्तीय संस्थाले प्रवाह गरेको कर्जाको अधिकतम ब्याजदरको कम्तीमा ५० प्रतिशत हुने गरी निक्षेप/बचतको न्यूनतम ब्याजदर तय गर्नुपर्नेछ ।’
यसको मतलब लघुवित्त संस्थाले जुन दरमा कर्जा प्रवाह गर्ने हो । त्यसको कम्तीमा ५० प्रतिशत ब्याज साधारण बचतमा बचकर्तालाई ब्याज प्रदान गर्नुपर्नेछ । यसअघि यस्तो ब्याजदरको व्यवस्था थिएन ।
यद्यपि, लघुवित्तले प्रभाबह गर्ने कर्जाको ब्याजदरको अधिकतम सीमा भने १५ प्रतिशत तोकिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वान
-
नेपाल प्रहरीले भन्यो–‘दुर्गा प्रसाईंको खोजी हुँदैछ’
-
घाइते हात्ती बस्ती नजिक आउन थाले
-
चीनले गरेको विकास नेपालका लागि प्रेरणा : दिनानाथ शर्मा
-
वडाध्यक्षलाई विद्युत् पोलमा बाँधिएको भिडियो भाइरल- के हो वास्तविकता ?
-
१० बजे १० समाचार : राजु पाण्डेलाई निलम्बन गर्न मागदेखि रास्वपा नेतृविरुद्ध अवलेहलना मुद्दासम्म