राष्ट्रपतिमा एमाले उम्मेदवार जित्छ : उपाध्यक्ष पौडेल
बुधबार, १० फागुन २०७९, १८ : ०९
![राष्ट्रपतिमा एमाले उम्मेदवार जित्छ : उपाध्यक्ष पौडेल](https://npcdn.ratopati.com/media/news/bishnu-paudel_Xp7qVgoyi9.jpg)
काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री एवं नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले राष्ट्रपतिमा नेकपा (एमाले) ले उठाएको उम्मेदवारले जित्ने दाबी गरेका छन् ।
बुधवार नयाँ बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले राष्ट्रपति निर्वाचनमा एमालेले उठाएको उम्मेदवारले जित हासिल गर्ने दाबी गरेका हुन् । उनले वर्तमान सरकार बन्दा नै राष्ट्रपति एमालेले पाउने सहमति भएकाले सोही सहमतिको आधारमा एमाले उम्मेदवारले जित्ने बताए । सत्तारुढ गठबन्धनमा भएको भागबन्डाको सहमति कार्यान्वयन हुने उनले बताए ।
त्यस्तै एमाले सचिव गोकर्ण बिष्टले एमाले उम्मेदवारलाई राष्ट्रपतिमा निर्वाचित गराउनु नै राष्ट्रिय सहमति हुने बताए । उनले सत्तारुढ गठबन्धनका बीचमा भएको सहमति प्रधानमन्त्रीले इमानदारीपूर्वकता कार्यान्वयन गर्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुडान बन्यो विश्वकै भ्रष्टाचार हुने देश, नेपाल १०७ औँ स्थानमा
-
माओवादीको प्राथमिकतामा परेन एकता वार्ता समिति
-
जनक शिक्षा सामाग्री केन्द्रको प्रबन्ध सञ्चालकका लागि दरखास्त आह्वान
-
सन्तान सम्बन्धको आँसु !
-
एनआईसी एशिया लघुवित्तको साढे चार लाख कित्ता शेयर रूपान्तरण हुँदै
-
पछिल्लो आठ पालीमा एक शतक, ६ अर्धशतक र पाँच सयभन्दा बढी रन