सात महिनामा २१ हजार ५ सय ८ जना चालक ट्राफिक प्रहरीको कारबाहीमा
काठमाडौँ । सात महिनाको अवधिमा २१ हजार ५०८ जना चालक ट्राफिक प्रहरीको कारबाहीमा परेका छन् । काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीका अनुसार यस आर्थिक बर्षको माघ मसान्तसम्म ढोका खुला राखेर सवारी गुडाँउदै गरेका मात्रै १५ हजार ६२९ जना चालकहरू कारबाहीमा परेका छन् ।
जसमा साउन महिनामा २ हजार ६८३, भदौमा २ हजार ८७३, असोजमा ७ सय ४९, कार्तिकमा १ हजार ८२६, मंसिरमा २ हजार ८२६, पुसमा २ हजार ७३४ र माघ महिनामा १ हजार ९३८ जना चालक रहेका छन् ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरिक्षक राजेन्द्र प्रसाद भट्टले ढोका खुल्ला राखेर सवारी साधन गुडाउँदा परिचालक तथा यात्रु ढोकाबाट खसेर दुर्घटना हुने भएकाले जोखिम न्यूनीकरणका लागि कारबाहीलाई तिव्रता दिइएको बताए ।
यस्तै, क्षमता भन्दा बढी यात्रु राखेर सवारी चलाउँदै गरेका ५ हजार ८०२ जना चालकलाई पनि कारबाही गरिएको छ । साउन महिनामा ७ सय ९, भदौमा १ हजार ३४, असोजमा ७ सय ४९, कार्तिकमा ७ सय ५९, मसिरमा ७ सय ५९, पुसमा १ हजार ११ र माघ महिनामा ७ सय ८१ जना चालकलाई कारबाही गरिएको हो ।
त्यस्तै ७७ वटा टेम्पो चालकलाई पनि ट्राफिक प्रहरीले कारबाही गरेको छ । टेम्पोको पछाडि यात्रुलाई झुण्ड्याएर यात्रा गराएको पाइएपछी उनिहरूलाई कारबाही गरिएको हो ।
क्षमता भन्दा बढी यात्रु राख्दा सवारी साधन अनियन्त्रित भई दुर्घटना हुने जोखिम रहने हुँदा क्षमता भन्दा बढी यात्रु नराख्न यतायात व्यवसायीलाई र सवारी साधनमा कोचिएर तथा झुण्डीएर यात्रा नगर्न यात्रुलाई प्रवक्ता भट्टले अनुरोध गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुग्लिङ-नारायणगढ सडकको पाँचकिलो नजिकै माईक्रो बस दुर्घटना
-
१२ बजे, १२ समाचार : डेंगु सङ्क्रमणदर घटे पनि जोखिम कायमैदेखि विवाह गर्ने उमेर घटाउनु पर्ने मागसम्म
-
महाराष्ट्र र झारखण्ड विधानसभा चुनावमा विकास र सुशासनको ‘ऐतिहासिक जित’ : मोदी
-
निजी मेडिकलले विद्यार्थीलाई सरकारी सरह तलब भत्ता उपलब्ध गराउन नसक्ने
-
सडकमा शव राखेर विरोध प्रदर्शन, सहमतिपश्चात् खुल्यो यातायात
-
आफ्नै गाउँ (लघुकथा)