सिरहामा प्रहरीको सुरक्षा घेरा भित्रैबाट लुटियो ९ लाख रुपैयाँ
जनकपुरधाम । सिरहामा प्रहरीको सुरक्षामा मनि ट्रान्सफरका लागि लगिँदै गरेको ९ लाख रुपैयाँ दिनदहाडै लुटिएको छ । मिर्चैया– कल्याणपुर सडक खण्डमा पार्ने कटहा पुल नजिकैबाट लुटेरा ९ लाख रुपैयाँ लिएर फरार भएका हुन् । लुटेरालाई खोज्न अहिले जिल्लाका हरेक सडक र नाकामा प्रहरी परिचालन गरिएको छ । ज.६ प.४२५६ नम्बरको मोटरसाइकलमा राजाराम सव मनि ट्रान्सफर कल्याणपुरका कर्मचारीले मिर्चैयाबाट ९ लाख रुपैयाँ लैजाने क्रममा लुटपाट भएको प्रहरीको भनाई छ ।
मोटरसाइकलमा आएका लुटेराले रकमसहित प्रहरीको हतियार समेत लुटेको स्रोतले जनाएको छ । सिरहाका प्रहरी प्रवक्ता डिएसपी नरेशराज पाण्डेले रकम लुटेको पुष्टि गरे । उनले थप विवरणका आउन बाँकी रहेको बताए । इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी हरिकृष्ण केसीले पनि मनि ट्रान्सफरका लागि कल्याणपुर लगिँदै गरेको ९ लाख रुपैयाँ लुटिएको बताए । केसीले अहिले लुटेराको खोजतलास जारी रहेकाले थप विवरण पछि दिन सकिने बताए ।
यसअघि २०७४ साल पुसमा पनि सोही सडक खण्डमा लुटेराहरुको समूहले मनिट्रान्सफर सञ्चालकको साथबाट २५ लाख ६० लाख रुपैयाँ लुटेर फरार भएका थिए । फरार लुटेरालाई प्रहरीले पक्राउ गर्न सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्याङ्की निर्माण भएको पाँच वर्ष, प्रयोग नहुँदै जीर्ण
-
हावाहुरीले केराखेतीमा क्षति, तनावमा किसान
-
१२ बजे, १२ समाचार : नो केबलकार पक्षद्वारा आन्दोलनका थप कार्यक्रम घोषणादेखि आफ्नै साथीको हत्या आरोपमा ३ जना पक्राउसम्म
-
आफ्नै साथीको हत्या गरेको आरोपमा पर्सामा ३ जना पक्राउ
-
पाथीभरा केबलकार विवाद : आन्दोलनका थप कार्यक्रम घोषणा
-
बैंकिङ्ग कसुर मुद्दामा फरार युवती पक्राउ