माधव नेपालसँग चिनियाँ राजदूतको भेट

काठमाडौं । नेपालका लागि चीनका नवनियुक्त राजदूत चेन सोङले पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग शिष्टाचार भेटवार्ता गरेका छन् । अध्यक्ष नेपाललाई भेट्न राजदूत सोङ बुधबार दिउँसो नेपाल निवास कोटेश्वर पुगेका हुन् ।
भेटमा अध्यक्ष नेपालले नवनियुक्त राजदूत सोङलाई स्वागत गर्दै कार्यकाल सफलताको शुभकामना दिएका छन् । त्यस्तै राजदूत सोङले राजदूतका रूपमा नेपाल आउन पाउँदा खुसी लागेको बताउँदै आफ्नो कार्यकालमा सबैबाट सहयोगको अपेक्षा गरेको बताएका छन् ।
उनीहरुबीच नेपाल–चीन सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा कुराकानी भएको नेता नेपालको सचिवालयले जनाएको छ । राष्ट्रपति निर्वाचनको मिति नजिकिँदै जाँदा चिनियाँ राजदूतको सक्रियता बढ्न पुगेको राजनीतिक वृत्तमा चर्चा भइरहेको छ ।
बुधबारमात्रै राजदूत सोङले माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डसँग बालुवाटारमा भेटवार्ता गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक आन्दोलनको प्रभाव : विद्यार्थीहरु निजीमा भर्ना हुन थालेपछि रोक्नलाई पाठ्यपुस्तक वितरण
-
१२ बजे, १२ समाचार : रघु जी पन्त शिक्षामन्त्री नियुक्तदेखि सिंहदरबारमा बोतल र जारको पानी प्रयोग बन्द गरिनेसम्म
-
विशेष बुलेटिन जारी : तराईका धेरै स्थानमा अत्यधिक गर्मीको सम्भावना
-
‘राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५’ का उत्कृष्ट मनोनयन सार्वजनिक
-
काश्मिरमा मारिएका सुदीपको शव आजै नेपाल ल्याइने
-
सिंहदरबारमा बोतल र जारको पानी प्रयोग बन्द गरिने