कीर्तिपुर मैदानका क्यूरेटरलाई ज्ञानेन्द्रको सन्देश–तपाईंहरूको योगदान मैदानमा क्रिकेट खेल्ने जत्तिकै महत्त्वपूर्ण छ

काठमाडौँ । नेपाली राष्ट्रिय टोलीका खेलाडी ज्ञानेन्द्र मल्लले त्रिवि क्रिकेट मैदानमा कार्यरत क्यूरेटरलाई व्यक्तिगत सन्देश दिएका छन् । मंगलबार नेपालले सिरिजको चार खेलमा नै जित निकालेपछि क्युरेटरहरुको योगदानको चर्चा भएको थियो । नेपाली टोलीको जितमा धेरै ठूलो भूमिका खेलेको भन्दै प्रशिक्षक मोन्टी देशाइले पनि धन्यवाद दिएका थिए ।
ज्ञानेन्द्रको सन्देश:
मैले खेल्न सुरु गरेकै दिनबाट यो तस्बिरमा हुनुभएका मध्ये धेरै अनुहारलाई कीर्तिपुर मैदान वरिपरि देख्दै आएको छु । प्रमुख क्युरेटर मधु दाइ, मण्डल दाइ र वहाँको परिवार लगायत वहाँहरू धेरै जना नेपाली क्रिकेटको पर्दापछाडिको खेलाडी हुनुहुन्छ र वहाँहरूको योगदान हामी ग्राउन्डमा क्रिकेट खेल्नेहरू जत्तिकै महत्वपूर्ण छ ।
आज हामी नेपाली क्रिकेट टिमले पाएको सफलतामा खुसी मनाइरहँदा वहाँहरू लगायत टियु क्रिकेट मैदानमा सघाउने सबैजना प्रसंशाको हकदार हुनुहुन्छ । तपाईँहरू सबैजनाको मेहेनत र लगनशीलताको लागि धेरै धेरै धन्यवाद छ । हामी सबै सँगसँगै बुढो हुँदै गइयो नि है?
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पष्टीकरणमा कुलमानको उल्टै चुनौती
-
एमालेको एक वर्षको आम्दानी : १४ करोड ७९ लाख रुपैयाँ
-
मन्त्रीका स्वकीय सचिवको मृत्यु प्रकरण : संसदीय छानबिन गर्न तीन दलको माग
-
अमेरिकाले फेरि संघीय कर्मचारीको कटौती गर्दै अमेरिका
-
भूकम्पपछिको पुनर्निर्माणका लागि ३ जिल्लामा आयोजना कार्यान्वयन इकाई खोल्दैछौँ : गृहमन्त्री
-
७ महिनामा ४५ करोडको सुपारी आयात, ८३ करोड राजस्व सङ्कलन