मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

नेशनल लाइफ इन्स्योरेन्स ३६ औँ वर्षमा प्रवेश

बुधबार, १० फागुन २०७९, १६ : ०७
बुधबार, १० फागुन २०७९

काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी बुधबार ३६ औं वर्षमा प्रवेश गरेको छ । कम्पनीले आफ्नो ३६ औं वार्षिकोत्सव विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ । वार्षिकोत्सवको अवसरमा कम्पनीको केन्द्रीय कार्यालयमा विशेष रक्तदान कार्यक्रम संचालन गरिएको छ, जसमा ५० भन्दा बढी कम्पनी कर्मचारीहरुको सहभागिता रहेको थियो । देशभरमा ३४ वटा बाल र बृद्ध आश्रमहरुमा खाना खुवाउने कार्यक्रम आयोजना समेत सम्पन्न गरिएको छ । यसैगरी कर्मचारीहरु माझ विभिन्न खेलकुद कार्यक्रमसमेत सम्पन्न गरिएको छ । 

नेपालको अग्रणी जीवन बीमा कम्पनीको रुपमा स्थापित कम्पनीले विगत वर्ष सरह चालु वर्षमा राम्रो ब्यवसायिक प्रगति गरेको छ । संस्थापक समूह र सर्वसाधारण समूहको ५५ः४५ को अनुपात रहेको कम्पनीले आर्थिक वर्ष २०७७/०७८ को मुनाफावाट कम्पनीले शेयरधनीहरुलाई १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि नगद लाभांश पारित गरी साधारण सभा सम्पन्न गरिसकेको छ । 

कम्पनीको जीवन बीमा कोषमा रु.५६ अर्बको हाराहारीमा रकम जम्मा भएको छ । आर्थिक वर्ष २०७७/०७८ बोनस शेयर वितरणपछि कम्पनीको चुक्ता पूँजी ४ अर्ब ६४ करोड रुपैयाँ रहेको छ । कम्पनीले आफ्ना बीमितहरुलाई उत्कृष्ट बोनस दर प्रदान गर्दै आएको छ । आ.व.२०७७/०७८ को बीमाङ्कीय मूल्याङ्कन पश्चात बीमितलाई न्यूनतम प्रति हजार ६३ रुपैयाँ देखि अधिकतम् प्रति हजार ८५ रुपैयाँ सम्म प्रदान गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप