मङ्गलबार, २५ असार २०८१
ताजा लोकप्रिय

लमही–घोराही–तुलसीपुर सडकखण्डको निर्माण कार्यमा ढिलाइ भएकोमा सांसद दीपक गिरीको आपत्ति

बुधबार, १० फागुन २०७९, १५ : ११
बुधबार, १० फागुन २०७९

काठमाडौँ । नेपाली का‌ंग्रेसका सांसद दीपक गिरीले दाङस्थित लमही–घोराही–तुलसीपुर सडकखण्डको निर्माण कार्यमा ढिलाइ भइरहेकोमा आपत्ति जनाएका छन् । चार वर्षदेखि बनाउन सुरु गरिएको सो सडकखण्डमा दुर्घटनामा परी करिब २२ जनाले ज्यान गुमाउँदा पनि त्यसको निर्माण कार्य सम्पन्न गर्न सरकारले चासो नदिएकोमा उनको आक्रोश थियो । 

बुधबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद गिरीले सो सडकखण्डको निर्माण कार्य ढिलाइ हुनुको कारणबारे संसद्लाई जानकारी गराउन पनि सरकारसँग माग गरे । उनले ३० महिनामा सम्पन्न गर्ने सम्झौतासहित सुरु गरिएको सो सडक खण्डको निर्माण कार्य ३ पटक म्याद थप गर्दा पनि ९ दशमलव ९ प्रतिशत मात्रै निर्माण भएको उल्लेख गर्दै यस्तो लाजमर्दो अवस्था आउन नदिन नेपाल सरकार र सम्बन्धित निकाय गम्भीर बन्नुपर्ने पनि बताए । सांसद गिरीले सरकारले सांसदहरूले संसद्को विशेष समय र शून्य समयमा उठाएर प्रश्नको उचित जवाफ हालसम्म नदिएकोभन्दै दुखेसो समेत व्यक्त गरे । 

उनले भने, ‘दाङमा ३० महिनामा बन्नुपर्ने बाटो आज ४ वर्ष हुँदा पनि नबनेर त्यहाँ करिब त्यो बाटो नबनेको कारणले यो चार वर्षको समयमा करिब २२ जनाको मृत्यु भइसकेको छ । यस्तो डरलाग्दो अवस्था छ सो बाटोको । वर्षामा हिलाम्मे हुने, हिउँदमा धुलो उड्ने । तर सरकारी निकाय अथवा सडक विभाग अथवा नेपाल सरकार किन मौन छ ? के कारणले छ ? बोल्न बाध्य भएका छौँ हामी । यसको बारेमा सभामुखमार्फत यो गरिमामय सदनलाई जानकारी गराउनु पर्‍यो । यस्ता कुराहरू उठिरहन्छ । त्यो बाटो किन आजसम्म बरिरहेका छैन ? अहिले ४ वर्ष भयो । सुन्दैछु–त्यो आयोजना रद्द हुँदैछ । अनि त्यसपछि के हुने ? यसबारे नेपाल  सरकारले वास्तविक कुरा भन्नु पर्‍यो । यहाँ शून्य समयमा धेरै कुराहरू राखिन्छ । तर त्यसको बारेमा केही जवाफ आउँछ ? माननीय सदस्यहरूले आफ्ना गम्भीर कुराहरू प्रस्तुत गर्नु हुन्छ । तर त्यसको उचित जवाफ कहिल्यै नआएको महसुस हामीले गरेका छौँ । तसर्थ, त्यो लमही–घोराही–तुलसीपुर सडकको चार लेन बाटो तीन पटक म्याद थपेर पनि त्यो ९ दशमलव ९ प्रतिशत मात्रै त्यो बाटो निर्माण भएको छ । त्यसको बारेमा नेपाल सरकार अथवा सडक विभागले यसको जवाफ दिनुपर्छ भनेर माग गर्दछु ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप