सांसद चौधरीको निलम्बन फुकुवा, अब संसद् बैठकमा भाग लिन पाउने
बुधबार, १० फागुन २०७९, १४ : ३१

काठमाडौं । रेशम चौधरी संस्थापक रहेको नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरीको निलम्बन फुकुवा भएको छ ।
बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले गृह मन्त्रालयबाट प्राप्त पत्र पढेर सुनाएसँगै सांसद चौधरीको निलम्बन फुकुवा भएको हो ।
निलम्बन फुकुवा भएसँगै सांसद चौधरी अब निर्बाध रूपमा प्रतिनिधिसभाको बैठकमा सहभागी हुन पाउने छन् ।
झन्डै ५ वर्ष अघि टयाक्टर जलाएको आरोपमा कैद सजाय सुनाइएका चौधरी गत १९ माघमा पक्राउ परेका थिए । तर, फैसला कार्यान्वयनका लागि जेल परेका चौधरीलाई गत साता पुष्पकमल दाहालको सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट आममाफी पाए पछि ७ फागुनमा रिहा भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : नयाँ वर्षको पहिलो दिन पनि शिक्षकहरू सडकमैदेखि बैंकहरूले लागु गरे नयाँ ब्याजदरसम्म
-
धनगढी हाफ म्याराथनको उपाधि आर्मीका खड्कालाई
-
अस्ट्रेलियामा नयाँ प्रजातिका ‘विशबोन’ माकुरा फेला
-
गायक आचार्यको नयाँ म्युजिक भिडियो सार्वजनिक
-
राष्ट्रपति पौडेलद्वारा हल्चोक आकाश भैरवको १२ वर्षे जात्रा शुभारम्भ
-
नारायणघाट–बुटवल सडकखण्ड आजदेखि रातको समयमा बन्द हुने