यू–१९ टिमले विश्वकप खेल्नेमा विश्वस्त छु : प्रशिक्षक टमटा

काठमाडौँ । नेपाली यू–१९ टोलीका मुख्य प्रशिक्षक जगत टमटाले नेपाली यू–१९ टोली अहिले विश्वकपमा छनोट हुने कुरामा आफू विश्वस्त भएको बताएका छन् । बुधबार यूएई जाने टोलीलाई बिदाइ पछि बोल्दै प्रशिक्षक टमाटाले सबै टोलीलाई पछि पार्दै नेपालले विश्वकप खेल्ने उनले बताएका हुन् ।
उनले अहिले बनेको टिम सन्तुलित भएको र उनीहरूले उत्कृष्ट प्रदर्शन गर्ने बताए । ‘अहिले बनेको नेपाली टोली सन्तुलित छ । प्रदेशसँगै राष्ट्रिय टोलीमा खेलेका खेलाडीहरूले टिम बलियो बनेको छ । त्यसैले पाँचै देशलाई हराउँदै हामी विश्वकप खेल्ने कुरामा विश्वस्त छु,’ टमाटाले भने ।
टमटाको प्रशिक्षकत्वमा नै नेपालले सन् २०१६ मा यू–१९ विश्वकप खेलेको थियो । युएईमा आयोजना हुने एशिया छनोट फागुन १२ गतेदेखि सुरु हुँदैछ । प्रतियोगितामा नेपालसहित सिंगापुर, हङकङ, कुवेत, मलेसिया र आयोजक युएई सहभागी हुनेछन् । प्रतियोगितामा शीर्ष स्थानमा हुने टोलीले सन् २०२४ मा श्रीलङ्कामा आयोजना हुने यू–१९ विश्वकपमा छनोट हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूमिसम्बन्धी ऐन परिमार्जनको तयारी
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट संयुक्त इजलासमा पठाइयो
-
बबरमहलमा राप्रपाको प्रदर्शन
-
गभर्नर विवादसम्बन्धी रिट तेस्रो दिन पनि हेर्न नभ्याइने
-
‘आई लभ यू केपी बा’ होइन, संसद् विघटनको हिसाब माग्नुपर्छ : घनश्याम भुसाल
-
स्वास्थ्य बीमा कोषमा आम्दानी बढाउन अनावश्यक खर्च कटौतीको निर्णय