राजनीति
प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटघाट सकियो, के–के भयो कुराकानी ?
बुधबार, १० फागुन २०७९, १३ : ३७

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटघाट सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्ड ओलीबीच डेढ घण्टा छलफल भएको हो ।
प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली राष्ट्रपतिका विषयमा आ–आफ्नै अडानमा रहेको बुझिएको छ । प्रचण्ड र ओलीबीच राष्ट्रपतिका विषयमा सझदारी बन्न नसकेपछि दुबै जना छुट्टिएका छन् । तर, प्रधानमन्त्री प्रचण्डका प्रेस विज्ञ मनहरि तिमिल्सेनाले प्रधानमन्त्री प्रचण्ड र ओलीबीच राष्ट्रपतिका विषयमा के के छलफल भयो भन्ने विषयमा जानकारी नभएको बताए । प्रधानमन्त्री प्रचण्ड र ओलीबीच सौहार्दपूर्ण रुपमा छलफल भएको तिमिल्सेनाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : सदनमा लफडा, क्याम्पसमा तोडफोड
-
राज्यको अगुवाइमा निजी क्षेत्रको विकास गर्नुपर्छ : अध्यक्ष भट्टराई
-
एमाले निकट विद्यार्थी संगठनद्वारा सुर्खेत बहुमुखी क्याम्पसमा तोडफोड, निर्वाचन स्थगित
-
ललितपुर महानगर र रसियाको उलान उदे सहरबीच भगिनीसम्बन्ध कायम
-
आरआर क्याम्पसमा एमाले र समाजवादीबिच चुनावी तालमेल
-
स्ववियु निर्वाचन : विद्यार्थीहरू किन उत्रिए तोडफोडमा ?