शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

सोनु निगममाथि दुर्व्यवहारको आरोपमा सांसदका छोराविरुद्ध उजुरी दर्ता

बुधबार, १० फागुन २०७९, १३ : ३३
बुधबार, १० फागुन २०७९

भारतीय गायक सोनु निगममाथि साङ्गीतिक कार्यक्रमपछि गरिएको दुर्व्यवहारको विषयमा एक सांसदका छोराविरुद्ध उजुरी दर्ता भएको छ । यसबारे मुम्बई प्रहरीले जानकारी दिएका हुन् ।

समाचार एजेन्सी पिटिआईले एक अधिकारीलाई उद्धृत गर्दै मुम्बईको चेम्बुर जिमखानामा सोमबार राती सोनु निगमको लाइभ पर्फमेन्सपछि सेल्फी खिच्न अस्वीकार गरेपछि उनीमाथि हातपात भएको जानकारी दिएको छ ।

सोन निगमले दिएको उजुरीका आधारमा चेम्बुर प्रहरीले स्वप्निल फटेर्पेकरविरुद्ध एफआइआर दर्ता गरेको छ । स्वप्निल शिवसेना विधायक प्रकाश फतेर्पेकरका छोरा हुन् ।

अधिकारीका अनुसार विधायकका छोरा विरुद्ध आईपीसीको धारा ३२३, ३४१ र ३३७ अन्तर्गत मुद्दा दर्ता गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप