किसान लघुवित्तको बोनस शेयर घोषणा
बुधबार, १० फागुन २०७९, १२ : २३
काठमाडौँ । किसान लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट बोनस शेयर वितरण गर्ने भएको छ ।
कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.३६८४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
बैठकले हाल कायम चुक्ता पुँजी ४७ करोड १३ लाख ७० हजार ५३० रुपैयाँको ७ प्रतिशतले हुने ३ करोड २९ लाख ९५ हजार ९३७ रुपैयाँ बराबरको बोनस शेयर तथा ०.३६८४ प्रतिशतले हुने १७ लाख ३६ हजार ६२८ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।
प्रस्तावित बोनस सेयर नियामक नेपाल राष्ट्र बैंक र किसानको आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि सेयरधनीहरुलाई वितरण हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेशलाई हराउन आर्मी क्लबले २८ रन बनाए पुग्ने
-
कांग्रेसले बेवास्ता गरेको प्रवासको ऊर्जा
-
निजामती सेवामा छुटेको वर्गलाई समावेश गर्नुपर्छ : ओझा
-
अध्यादेशमार्फत २७ ऐन संशोधन गर्न बालुवाटारमा यसरी जुटेको थियो सहमति
-
स्नातकोत्तर तहको नेटवर्क तथा साइबर सेक्युरिटी कोर्समा त्रिविले दियो नयाँ विकल्प
-
रौतटहमा राष्ट्रिय समता पार्टी घोषणा