सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

अस्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीले थप काम गर्न पाउने

बुधबार, १० फागुन २०७९, १२ : १४
बुधबार, १० फागुन २०७९

अस्ट्रेलियामा अब अन्तर्राष्ट्रिय विद्यार्थीले दुई हप्तामा* ४८ घण्टासम्म काम गर्न पाउने भएका छन् ।  यसअघि अन्तर्राष्ट्रिय विद्यार्थीले २० घण्टा मात्रै काम गर्न पाउँथे । नयाँ नियम जुलाई १, २०२३ बाट लागू हुनेछ ।

यस्तै, अस्ट्रेलियाले स्नातक र स्नातकोत्तर सकेका अन्तर्राष्ट्रिय विद्यार्थीले पूर्ण रूपमा काम गर्न पाउने भिसाको समयावधि पनि थप गर्ने भएको छ । 

जसमा स्नातक सक्ने विद्यार्थीले दुईदेखि चार वर्षको पोस्ट स्टडी वर्क स्ट्रिम (पिएसडब्ल्यू) भिसा पाउनेछन् भने स्नातकोत्तर विद्यार्थीले तीनदेखि पाँच वर्ष र विद्यावारिधिका विद्यार्थीले चारदेखि ६ वर्षे पिएसडब्ल्यू भिसा पाउने छन् ।

*यसअघि अन्यथा हुन गएकोमा क्षमायाचनासहित सच्याइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप