भारतबाट ल्याइएको अवैध सामान बरामद
बुधबार, १० फागुन २०७९, १२ : १५

झापा । इलाका प्रहरी कार्यालय दमकले भारतबाट ल्याइएको अबैध समान नियन्त्रणमा लिएको छ ।
मंगलबार राति ८ः३० मा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका ५ गोर्खाली टोल स्थित पूर्व पश्चिम राजमार्गमा भारतबाट अवैध रूपमा ल्याई बेवारिसे अवस्थामा छाडिएको समान बरामद गरेको हो ।
रु तीन लाख २२ हजार ६ सय मूल्य बराबरको खाद्यान्न, पेय पदार्थ, रङ र जुत्ताहरू बरामद गरिएको र आवश्यक कारबाहीको लागि मेची भन्सार कार्यालय काकरभिट्टा बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्र प्रसाद रिजालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : बालुवाटारमा ओली-देउवाबीच भेटवार्तादेखि भाटभटेनी लुटपाट काण्डले राजेन्द्र लिङ्देनको पुत्ला दहनसम्म
-
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
-
काभ्रेमा सात खानीक्रसर उद्योग बन्द
-
श्रीमानको किरिया बसेकी महिलाको मृत्यु
-
नेपाल प्रहरी बन्यो च्याम्पियन
-
दुर्घटना न्यूनीकरणको सन्देश फैलाउन ‘बिस्तारै स्कुटर चलाउने’ प्रतियोगिता